Comments Add Comment

मैथिली फिल्म ‘प्रेमक बसात’को ट्रेलर तथा गीत सार्वजनिक

काठमाडौं । मैथिली भाषाको सबैभन्दा महँगो दावी गरिएको चलचित्र ‘प्रेमक बसात’को ट्रेलर तथा गीत सार्वजनिक गरिएको छ ।

भारतको मुम्बईमा निर्माण भएको ‘प्रेमक बसात’ प्रेम कथामा आधारित चलचित्र हो । हिन्दू मुश्लिमले एक अर्कासँग बिहे गर्दा आइपर्ने सामाजिक समस्यामा आधारित चलचित्रमा नेपालका मोडल पियूष कर्णको मुख्य भूमिका छ । सहकलाकारको रुपमा कोलकत्ताको चर्चित नायिका रैना बेनर्जीले अभिनय गरेकी छन् ।

भारतका चर्चित गायक आदित्यनारायण झा र तोची रैनाले मैथिली चलचित्रको गीतमा पहिलोपटक आवाज भरेका छन् । वेदान्त झाले निर्माण गरेको चलचित्रको लेखन तथा निर्देशन रुपक सरारले गरेका हुन् । संगित सरोज सुमन, प्रवेश मल्लिक र एस कुमारको रहेको छ ।

जेएनके इन्टरटेन्टमेन्टको ब्यानरमा एक करोड लगानीमा निर्मित चलचित्रलाई नेपालका विभिन्न शहर सहित भारत, दुबई, कतार अष्ट्रेलियालगायत स्थानमा एकैसाथ रिलिज गर्ने तयारी रहेको निर्माण युनिटले जानकारी दिएको छ ।

मैथिली भाषालाई विश्वव्यापी बनाउन यो चलचित्रको महत्त्वपूर्ण भूमिका रहने निर्माण युनिटको विश्वास छ ।

यसको एक आइटम गीत ‘ललमुनियाके ताडी’ मा नायिका नम्रता सापकोटाले पनि नृत्य गरेकी छन् ।

चलचित्रको सम्पूर्ण गीत संगीतलाई भारतकै सबैभन्दा ठूलो कम्पनी टी सिरिजले बजार व्यवस्थापन गरेको छ । आगामी अगस्ट १ तारिखमा काठमाडौंमा विशेष च्यारिटी शो गरिने भएको छ । भारतमा दशैं वरिपरि रिलिज हुने भने अन्य ठाउँमा पनि छुट्टा–छुट्टै समयमा रिलिज गर्ने तयारी भइरहेको बताए । अब यही जुलाई २० देखि वीरगञ्ज र तराईका अन्य ठाउँहरुमा पर्मोशनका कामहरु शुरु हुने पनि निर्माण पक्षले जानकारी दिएको छ ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment