२७ असार, काठमाडाैं । काउन्सिल फर इन्टरनेसनल स्टुडेन्ट्स अस्ट्रेलिया (सीअार्इएसए)को अध्यक्षमा सर्वसम्मत दोस्रो कार्यकालका लागि निर्वाचित भएका विजय सापकोटालार्इ नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टरार्इले बधार्इ दिएका छन् ।
बुधबार ट्वीट गर्दै संयोजक भट्टरार्इले बधार्इ ज्ञापन गर्दै दोस्रो कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका हुन् । सोही ट्वीटमा संयोजक भट्टरार्इ देश बाहिर उत्कृष्टता हासिले गर्ने युवा देशकै सम्पत्ति बन्नु पर्ने उल्लेख समेत गरेका छन् ।
सापकोटा यही असार १२ गते राति अष्ट्रेलियाको उत्तरपूर्वी सहर क्रेन्समा सम्पन्न भएको सम्मेलनबाट अध्यक्षमा निर्बिरोध चयन भएका थिए । सीअार्इएसएले अस्ट्रेलियाका सात लाख अन्तर्राष्ट्रिय विद्यार्थीको प्रतिनिधित्व गर्ने बताइन्छ ।
अष्ट्रेलियामा पढ्ने विभिन्न देशका विद्यार्थीहरूको छातासंगठन Council of International Students Australia (CISA) को अध्यक्षमा नेपाली विद्यार्थी विजय सापकोटा दोश्रो कार्यकालकोनिम्ति पनि निर्वाचित हुनुभएकोमा हार्दिक वधाइ!देशबाहिर उत्कृष्टता हासिल गर्ने युवाहरू देशकै सम्पत्ति बनून्! pic.twitter.com/cPjW6WoZ1n
— Baburam Bhattarai (@brb1954) July 11, 2018