Comments Add Comment

अनुपविक्रमले ‘विराङ्गना’लाई समय नदिनु उनको मुर्खता होः निर्देशक


असार २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘विराङ्गना’का निर्देशक राजबहादुर साने आफूले यसपटक खुबै मिहिनेत गरेको भन्दै चलचित्र चल्नेमा ढुक्क रहेको बताउँछन् ।

सशस्त्र प्रहरीको कथामा निर्माण गरिएको यो चलचित्रमा कमेडी, एक्सन, रोनाधोना, विरताको कथा समावेश गरिएको उनले बताए । राजबहादुर भन्छन्-‘मलाई यो चलचित्रप्रति पुरा विश्वास छ । दर्शकले यसपटक मसलेदार चलचित्र हेर्न पाउनुहुनेछ ।’

नायिका शिल्पा पोखरेल कडा मिहिनेत गरेर काम गर्न सक्ने भएकाले पनि आफूले चलचित्रमा लिने गरेको उनले बताए । यो चलचित्र नारीप्रधान कथामा निर्माण भएको भन्दै यसको सम्पूर्ण स्वामित्व शिल्पाले नै लाने उनको भनाई छ । देशको कानुनको रक्षाका लागि एक सशस्त्र प्रहरी महिलाले गर्ने योगदानको कथालाई विराङ्गनाले उठान गरेको छ ।

नायक अनुप विक्रम शाहीले ७० प्रतिशत दृश्य मात्र खिचेर चलचित्र रिलिज गर्न लागिएको बिषयमा आक्रोशित हुँदै निर्देशक सानेले भने-‘अनुपजी व्यस्त हुनुहुन्छ । तर, आफ्नो व्यस्तताले गर्दा चलचित्रलाई नै आरोप लगाउनु हुँदैन । हो, हामीले केही गाडीको चेजिङ दृश्य खिच्न पाएनौ । तर, यति हुँदैमा प्रचारमा नहिड्नु अनुपजीको मुर्खता हो ।’

उनले, अनुप विक्रम शाही अरु चलचित्रमा व्यस्त भएकाले बहाना बनाउन निर्माण यूनिटलाई नै आरोप लगाएको बताए । अनुपले ‘विराङ्गना’को आफूलाई मत्तलब नभएको भन्दै हिडेको सुनेको भन्दै सानेले यसले आफूलाई दुःख लागेको बताए । चलचित्र ‘विर विक्रम’पछि अनुपले राम्रो भूमिका पाएको ‘विराङ्गना’ दोश्रो चलचित्र भएको सानेको भनाई छ ।

चलचित्रको बजेट उच्च भएको भन्दै उनले दर्शकले हेरेपछि त्यसको मुल्यांकन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment