1. ताजा अपडेट
Comments Add Comment
kriparam
२०७५ असार २९ गते ०:३७
गजब को देश हो नेपाल जहाँ रास्ट्रीय पुँजीपति लाई माफिया भनिन्छ (र जसले रातदिन देश लुटेका छन् नेपालको नाममा बिदेस पैसा ओसार्छन उनि हरु ठुला उद्द्योग्पति , अरबपति कहलायेकाछन) मेडिकल कलेज सिन्डिकेट बन्द हुनुपर्छ कडा भन्दा कडा अनुगमन गर्ने शन्यन्त्र बनाएर मेडिकल कलेज हरु को स्तर बिस्व स्तरीय बनाउनु पर्छ अहिलेका कलेजहरुको पनि कडा अनुगमन हुने पर्छ
Deepak Adhikari
२०७५ असार २८ गते २३:४६
B&c hospita kasto ho Jhapali lai nai sodhe thaha hunxa.ani Durga prasai k hun, ko hun, kasari hospital sanchalak vaye jhapali lai sodhe thaha hunxa.
ganesh
२०७५ असार २८ गते २०:५०
बिचरा! गोबिन्द के.सी!!
Amir
२०७५ असार २८ गते २०:३२
Prasai ji ko gharko bhat mithoo chha maile ni khako chu!
Khamma Singh Darlami Magar, Bharshe, Gulmi
२०७५ असार २८ गते २०:१५
Ask them to pay your Dal-Bhat bills, why you have been asking we poor Nepali people have to pay your bloody Dal-Bhat bills.
Prakash Rai
२०७५ असार २८ गते २०:०४
बीएण्डसीलाई मेडिकल कलेजको सञ्चालक दुर्गा प्रसाई ज्यु तपाई माफिया नै हुनु हुन्छ l मोहदय तपाईले बीएण्डसी झापामा अस्पताल खोलि जनतालाई सेवा अनि सरकारलाई कर तिर्न हुदै छ, त्यसै ले तपाई माफिया हो l नेपली बिमारीहरुलाई झापामा नै उपचार गरि नेपाली बिरामी बोकेका एम्बुलेस्नको लर्को भारतको रानी भान्सार, खोरीबारी, सिलिगडिका हस्पिटल प्रगानमा कम गराउने, नेपाली जनतालाई नेपाल भित्रै स्वास्थ्य सेवा प्रदान गर्ने तपाई माफिया हुनु हुन्छ l तपाईले संचालन गर्नु भएको हस्पिटलमा वा त्यसको वरिपरि धेरै बेरोजगार नेपाली युवाले सानोतिनो ब्यवासै गरि जिवन चलाको छ, साथै तपाइको हजुरबाले दानगर्नु भएको ठाउँमा नेपाल सरकार ले हस्पिटल बनाई बिरामीहरुले स्वास्थ्य सेवा प्राप्त गरेको छ, हो यसै कारण तपाई माफिया हो l दुई हजार बिस साल सम्म नेपाल राष्ट्रको जानसंख्या चार करोड पुग्छ अनि नेपालमा भएका डाक्टरहरुबाट मात्र सबै नेपाली जनताले स्वास्थ्य सेवा पाउन सम्भाव छैन भनि मेडिकल कलेज खोलि राष्ट्रलाई थप डाक्टर नर्स दिन खोज्ने तपाई माफिया नै हो l डाक्टरी पडाई गर्न राष्ट्रको धेरै धन बिदेस नाजावोस भनेर सोंच राख्ने तपाई एउटा माफिया नै हो l सञ्चालक दुर्गा प्रसाई ज्यु तपाई माफिया नै हुनु हुन्छ l कारण, गणतन्तत्र नेपालको मुद्दालाई समर्थन गरि नेपाल अधिराज्य होइन "सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल" सम्बृद नेपाल सुखी नेपाली हुन पर्छ भनि तपाईले आफ्नो घरबार छोडेर, ज्यानको माया मरेर छ छ महिना कराबस्मा बस्नु भएको छ l सुन्नमा आए सम्म तपाईले आफ्नो हस्पिटलमा असक्त, गरिब बिमारीहरुलाई खुब सित्तैमा उपचार गर्नु हुन्छ रे नि? अब भन्नु होस् तपाई माफिया नभएर, कमिसनको लोभमा नेपाली विद्यार्थीहरू संगै नेपाल राष्ट्रको ढुकुटीमा रहेको डलर बिदेशका गुणस्तरहिण कलेजमा निर्यात गर्नेहरु माफिया हुन त? नेपाल सरकारको निति अनुरुप काठमाडौँमा दस वर्ष सम्म टिचिङ अस्पताल खोल्न रोक लगाईको छ, अब टिचिङ अस्पतालहरु काठमाडौँ भन्दा बाहिर खोल्नु पर्ने छ l तपाइको बीएण्डसी टिचिङ अस्पतालले सम्बन्धन पाउन हुदैन, कारण बीएण्डसी टिचिङ अस्पताल भएको झापा जिल्ला काठमाडौँ भित्र नै पर्छ l तपाईले जबरजस्ती गरेर हुन्छ? दिउसै सपना देख्ने (सदनमा निदाउने अनि सपना देख्ने) नेताहरुलाई तपाई भात ख्वाई वहाँहरुको सुगर लेबल बेपत्ता संग बडाई दिने तपाई माफिया l
Anubhav aryal
२०७५ असार २८ गते १९:२०
Kati lai bhaat khwauney raicchaau hai. Yesto kam garna man bhaye hotel kholera baashnu ni prasai chor🤣🤣🤣
कीर्तिबल्लभ
२०७५ असार २८ गते १९:११
बि.पि. का पालदेखिनै देश लूटन पल्केका रहेछौ |
Durga Prasad Khanal
२०७५ असार २८ गते १७:३६
पूर्वको महँगो अनि सेवा भन्दा शुल्क अत्यधिक लिदै, बिरामी को उपचार मा ध्यान नदिने तर प्रत्यक दिन अलग अलग टिकट काट्न लगाउने प्रवृति चै के हो महाशय !?

ओली-प्रचण्डमात्रै होइन विश्वप्रकाशले पनि मेरो घरमा भात खाएका छन् : दुर्गा प्रसाईं


२८ असार, काठमाडौं । मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले नेकपाका नेताहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई घरमा खाना खुवाएर बीएण्डसीलाई मेडिकल कलेजको सम्बोधन दिलाउन खोजेको भन्ने आरोप झुटो भएको बताएका छन् ।

रिपोर्टस् क्लबमा आयोजित साक्षातकारमा उनले आफूले राजनीतिक स्थायीत्वका लागि भूमिका निर्वाह गरेको रुपमा बुझ्न आग्रह गरे ।

‘मुलुकमा स्थिर सरकार र राजनीतिक स्थायित्वको लागि मैले भूमिका खेलेको हुँ, मेरो घरमा विपीले पनि खाना खानुभएको छ, गिरिजाले पनि खानुभएको छ, नरहरि आचार्य, विश्वप्रकाश शर्माले पनि खाना खानुभएको छ ।’

प्रसाईंले नेपाली कांग्रेस र साझा विबेकशिल पार्टी एक भएर अघि बढ्छन् भने मार्सी चामलमात्रै होइन, बास्मतीको भात खुवाउन तयार रहेको पनि बताए ।

पूर्वाञ्चलको झापामा रहेको बीएण्डसी टिचिङ अस्पतालको सम्बन्धन प्रक्रिया यथाशक्य पूरा गर्न सरकारसमक्ष माग गरेका छन् ।

बीएण्डसी टिचिङ अस्पतालका कार्यकारी निर्देशकसमेत रहेका प्रसाईले आफू तीन वर्षदेखि अन्यायमा परेको र काठमाडौंबाहिर सुदूरपूर्वमा अस्पताल खोल्दा पनि माफियाको आरोप खेपिरहेको दुःखेसो पोखेका छन् ।

उनले भने, ‘मैले कसैको पैसा लुटेको होइन, बिहान उठ्दा पत्रिका पढ्नसमेत डर लाग्छ, खाली माफिया, माफिया भनेका छन्, लेखेका छन्, गल्ती नै नगरेको ब्यक्तिलाई माफिया भनेर भन्दा मन दुख्दो रहेछ ।’

आफूले अस्पताल खोलेर पूर्वका २९ लाख जनताको स्वास्थ्योपचार गरेर भारतको सिलिगुढी जानबाट रोकेको प्रसाईंले दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment