+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध गर्न अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते २०:११

२१ वैशाख, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध गर्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले प्रसाईंले क्यान्सर रोगको उपचारका लागि तारेक वा हाजिर जमानीमा छाड्न भन्दै दिएको निवेदनको सन्दर्भमा उनको उपचार प्रबन्ध गर्न आदेश दिएको हो ।

यसअघि पनि अदालतले उपचारको व्यवस्था गर्न आदेश दिएको थियो । तर, उनी हिरासतमै थिए ।

अदालतले ज्यानसम्बन्धी कसुरमा बयान गर्न बाँकी रहेको भन्दै उनलाई तत्काल तारेक वा हाजिर जमानीमा छाड्न नमिल्ने पनि उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?