Comments Add Comment

अर्जुन कपुरलाई राखी बाँध्न आतुर छिन् जान्भी


बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जान्भी कपुर यसपालीको रक्षाबन्धन व्यग्रतापूर्वक पर्खिरहेकी छन् । किनकी, उनले पहिलोपटक आफ्नो सौतेनी दाई अर्जुन कपुरलाई राखी बाँध्नुछ ।

२१ वर्षिया जान्भी र उनकी १९ वषिर्या बहिनी खुशीले आजसम्म अर्जुनलाई राखी बाँधेका छैनन् । विगतमा अर्जुन कपुर जान्भी र खुशीलाई देखिसहँदैनथे । श्रीदेवीको त झन् नामै लिन चाहँदैनथे ।

एक अन्तरवार्तामा श्रीदेवीका बारे अर्जुनले भनेका थिएन, ‘उनी मेरो कोही पनि होइनन्, खाली मेरो बाबुकी स्वास्नी हुन् ।’ बहिनीहरुको बारेमा उनको टिप्पणी थियो, ‘उनीहरुसँग म कहिल्यै नजिक छैन । हाम्रो खासै भेटघाट र कुराकानी हुँदैन । हाम्रो पारिवारिक सम्वन्धले कुनै अर्थ राख्दैन ।’

बोनी कपुरकी जेठी श्रीमती मोनाका छोरा हुन् अर्जुन कपुर । १९९६ मा बोनीले श्रीदेवीसँग दोस्रो बिहे गरे र मोनासँग टाढिए । त्यसबेलादेखि अर्जुन आफ्ना बाबुप्रति नकारात्मक बने ।

तर सौतेनी आमा श्रीदेवीको मृत्यूले बोनी कपुरका दुई परिवारलाई नजिक ल्याइदिएको छ । अर्जुन कपुर आफ्ना सौतेनी बहिनीहरुको खुब हेरविचार गर्न थालेका छन् । यसबाट जान्भी र खुशी पनि उत्तिकै खुशी छन् ।

सामाजिक सञ्जाल र मिडियामा जान्भीको छोटो लुगाको चर्चा हुँदा अर्जुन बहिनीको प्रतिरक्षामा उत्रिएका थिए । उनले छोटो लुगाको बारेमा टिप्पणी गर्ने मिडियाहरुको आलोचना गरेका थिए ।

‘कठिन समयमा दाईले हामीलाई साथ र हौसला दिनुभएको छ,’ जान्भी भन्छिन्, ‘मम्मीको मृत्यूपछि उहाँले नै हामीलाई सम्हानुभएको हो ।’
जान्भी अहिले आफ्नो डेब्यू फिल्म ‘धडक’ को पब्लिसिटीमा व्यस्त छिन् । यो फिल्ममा उनी ईशान खट्टरसँग स्त्रिmन सेयर गर्दैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment