Comments Add Comment

प्रदेश १ को नाम र राजधानी साउनमा तोकिने, ६ मन्त्री थपिने

विराटनगरलाई नै स्थायी राजधानी बनाउन पहल

२९ असार, विराटनगर । प्रदेश १ को नाम र राजधानी आगामी साउन महिनाभित्रै तोक्ने तयारी गरिएको छ ।

प्रदेश सरकारका प्रवक्ता एव आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रदेशको नाम र र राजधानी तोक्ने सन्दर्भमा आफूहरु तेस्रो हुने भन्दै साउन महिनाभित्रै तोकिने बताए ।

उनले सहमति जुटाएर प्रदेशको राजधानी विराटनगर नै बनाउने प्रयास भइरहेको संकेतसमेत गरेका छन् ।

प्रदेश सरकारको मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले गरेको निर्णयबारे जानकारी दिदै मन्त्री कार्कीले कणर्ाली र गण्डकी प्रदेशले अस्थायी राजधानी भएकै ठाउँलाई स्थायी बनाएको भन्दै प्रदेश १ ले पनि विराटनगरलाई नै बनाउने संकेत गरेका हुन् ।

प्रदेशको नाम र राजधानीको टुंगो लगाउने बिषयमा संघीय सरकारमा सहभागी दलका उच्च नेतृत्वसँग छलफल पश्चात एक प्रकारको सहमति भइसकेको समेत उनले बताए । मन्त्री कार्कीले कस्तो सहमति भएको छ भन्ने बारेमा भने खुलाएनन् ।

उनले अब प्रदेशमा प्रतिनिधित्व गर्ने दलका उच्च तहका नेता र प्रदेश सभासदहरुसँग यस बिषयमा चाडै छलफल चलाइने बताए ।

मन्त्री कार्कीले राजधानीको विकल्प स्वरुप अहिले इटहरी, विराटनगर, धनकुटा, धरान गोठगाउले अनौपचारिक छलफलमा प्रवेश पाउने जानकारी दिए ।

६ मन्त्री थप्ने तयारी

एक अर्को प्रसंगमा मन्त्री कार्कीले चाडै नै प्रदेश १ को मन्त्री मण्डल बिस्तार भएर ११ सदस्य हुने पनि जानकारी दिए ।

उनले हालको पाँच सदस्य मन्त्री मण्डलको आकार बढेर ११ सदस्य पुग्ने बताए ।

मन्त्री मण्डल बिस्तारका लागि केन्द्रसँगपनि छलफल गरी गाँठो फुकाउनु पर्ने भएकाले कम्तिमा ९ बढीमा ११ पुग्ने मन्त्री कार्कीले बताए ।

अहिले प्रदेश १ मा पाचँ सदस्यीय मन्त्रिमण्डल रहेको छ । फागुन ३ मा गठन भएको मनित्रमण्डल अहिलेसम्म बिस्तार हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment