Comments Add Comment

कालीकोटमा प्रशव पीडाले लियो ६ जनाको ज्यान

३१ असार, कालिकोट । यो वर्ष  कालिकोटमा ६ जनाको प्रसूति व्यथाले ज्यान गएको छ । विकट बस्ती, यातायातको असुविधा र सुविधा सम्पन्न अस्पताल नभएकाले पनि कालिकोटमा आमा-बच्चाको जीवन सुरक्षा गर्न नसकिएको अस्पताल स्रोतले जनाएको छ ।

पूर्ण सुरक्षित मातृत्व घोषणा गर्न सबै गर्भवती र सुत्केरीले स्वास्थ्य संस्थामै गएर बच्चा जन्माउनु पर्ने जस्ता सूचक पूरा गरेर पूर्ण होमडेलिभरी घोषणाको अभियान  स्वास्थ्यकर्मीले थाले पनि कालिकोटमा आमाको मृत्युदर बढ्दै गएको छ ।

पुर्ण होमडेलिभरी घोषणा गरेर विभिन्न नौ वटा सूचक पुरा गरी आमा बच्चाको जीवन सुरक्षाको योजना बनाएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई आमा र बच्चाको मृत्युदरले समस्यामा पारेको छ ।

कालिकोटमा स्वास्थ्यकर्मीहरुले शून्य होम डेलभरी, शून्य मातृ मृत्युदर जस्ता अभियान चलाइरहेका छन् । तर कालिकोटको तिलागुफा नगरपालिका ११ रुडुकी ३० वर्षीया राइकोष थापालाई उक्त अभियानले छोएन । उनले बच्चा जन्माएको दुई घण्टामै अत्याधिक रक्क्तश्रावका कारण ज्यान गुमाउनु पर्‍यो ।

स्वास्थ्यकर्मीले नै उनलाई स्वास्थ्य संस्थामा जान आग्रह गर्दा घरमै बच्चा जन्माउँछु भनेर जिद्दी गरेको र अत्यधिक रक्तश्रावका कारण ज्यान गएको तिलागुफा नगरका स्वास्थ्य संयोजक दुर्ग प्रसाद आचार्यले बताए ।

यो घटना २५ गतेको भएपनि २७ गते मात्रै जिल्ला स्वास्थ्य कार्यालयलाई जानकारी गराइएको अस्पतालका सिनियर अनमी सेतु शाहीले बताइन् । राइकोष थापाले चौथो सन्तान जन्माउने क्रममा  ज्यान गएको हो ।

कालिकोटको तिलागुफा नगरपालिका पनि शून्य होम डेलिभरी, आमा बच्चा सुरक्षा कार्यक्रम जस्ता अभियान सन्चालन भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment