३१ असार, काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती संयुक्त अरब इमिरेटस (यूएई) मा पक्राउ परेका छन् ।
उप्रेतीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो । एनसीबी काठमाडौंको सिफारिसमा उप्रेतीसहित मुख्य लगानीकर्ता एमके उर्फ मोहनकुमार अग्रवाल, बेनु श्रेष्ठ र हरिशरण खड्काबिरुद्ध नोटिस जारी भएको हो ।
यूएईबाट सुन किनेर नेपाल पठाउन उप्रेतीसहितको समूहले भूमिका खेलेको सरकारी छानबिन समितिको अनुसन्धानले देखाएको थियो ।
‘उप्रेतीलाई केही दिनअघि पक्राउ गरिएको हो’, गृह स्रोतले भन्यो, ‘नेपाल ल्याउने तयारी भइरहेको छ ।’
यो पनि पढ्नुस्
सुन तस्करीको नयाँ रुटः यूएई–चीन–रसुवा–काठमाडौं हुँदै भारत
सुन तस्करीको कमाई जग्गामा ! गोरेको लगानी खोज्दै अनुसन्धान समिति
सुनकाण्डमा अरुपात्र छिट्टै बाहिर आउँछन्ः गृहमन्त्री
त्रिभुवन विमानस्थलबाट ४२१ पटक सुन भित्रिएको रेकर्ड (सूचीसहित)
कसरी भित्र्याए गोरेले दुबईबाट ३८ क्वीन्टल सुन ?
गोरेका गुरु भुजुङको वयान : ०४० सालदेखि सुन तस्करी थालेका हौंं
एसएसपीकै गाडीबाट ओसारिन्थ्यो विमानस्थलबाट तस्करीको सुन
गोरेका गुरु भुजुङको वयान : ०४० सालदेखि सुन तस्करी थालेका हौंं
सुन तस्करको अर्को समूह खोज्दै छानविन समिति
अदालतसामू टेकराजको बयानः दुबईबाट सुन ल्याएको हुँ, सबै सेटिङ गोरेले मिलाउँथे