३१ वैशाख, पोखरा । गृहमन्त्री रामबहादुर थापा बादलले पछिल्लो समय चर्चित सुन तस्करी प्रकरणका अरु पात्र पनि छिट्टै बाहिर आउने बताएका छन् ।
पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सुनकाण्डमा आएका पात्रको बयान र अनुसन्धान जारी रहेको बताउँदै प्रकरणसँग सम्बन्धित अन्य पात्र पनि बाहिर आउने बताएका हुन् ।
‘सुन काण्डका धेरै पात्र बाहिर आउन सक्छन् । धेरै जना फरार छन्,’ गृहमन्त्री थापाले भने, ‘यो अन्त्य होइन, सुरुवात मात्र हो ।’
गृहमन्त्री थापाले यो त एउटा केस मात्र भएको बताएका छन् ।
‘सुनकाण्ड त एउटा केसमात्रै हो यस्ता थुप्रै तस्कर यहाँ सक्रिय छन्,’ गृहमन्त्री थापाले भने, ‘थुप्रै प्रकारका तस्करी भइरहेका छन् । त्यसको अब बिस्तारै अन्त्य हुन्छ ।’
यो पनि पढ्नुस्
त्रिभुवन विमानस्थलबाट ४२१ पटक सुन भित्रिएको रेकर्ड (सूचीसहित)
कसरी भित्र्याए गोरेले दुबईबाट ३८ क्वीन्टल सुन ?
गोरेका गुरु भुजुङको वयान : ०४० सालदेखि सुन तस्करी थालेका हौंं
एसएसपीकै गाडीबाट ओसारिन्थ्यो विमानस्थलबाट तस्करीको सुन
गोरेका गुरु भुजुङको वयान : ०४० सालदेखि सुन तस्करी थालेका हौंं
सुन तस्करको अर्को समूह खोज्दै छानविन समिति
अदालतसामू टेकराजको बयानः दुबईबाट सुन ल्याएको हुँ, सबै सेटिङ गोरेले मिलाउँथे
प्रतिक्रिया 4