Comments Add Comment

सुन तस्करको अर्को समूह खोज्दै छानविन समिति

२० वैशाख, काठमाडौं । सनम शाक्य र हराएको भनिएको तस्करीको साढे ३३ किलो सुनबाट सुरु भएको अनुसन्धानले चुडामणि उप्रेती ‘गोरे’ समूहको पर्दाफास भएको छ ।

तस्करीमा सघाएको आरोपमा ८ जना प्रहरी पक्राउ परिसकेका छन् । एक जना एसएसपी अझै फरार छन् । तर, यो सबैको चुरो साढे ३३ किलो सुन अझै भेटिएको छैन ।

अनुसन्धान समितिले प्रहरी, व्यवसायी र एयरलाइन्सका कर्मचारीलाई मात्रै कारबाहीको दायरामा ल्याएको भन्दै प्रश्न पनि उठेको छ ।

चार वर्षयता नेपालमा गोरेकै नेतृत्वमा मात्रै ४२१ पटक गरी झण्डै ३८ क्वीन्टल सुन तस्करी भएको अनुसन्धान टोलीको निष्कर्ष छ ।

यति ठूलो परिमाणमा सुन तस्करी हुँदा विमानस्थलमा भएको भन्सार कार्यालय, अध्यागमन, गुप्तचार लगायतका संयन्त्रको कुनै सहयोग छैन ? आखिर किन त्यसतर्फ छानबिन भएन ? यो प्रश्न अहिले अनुसन्धान समितितर्फ तेर्सिएको छ ।

स्रोतका अनुसार छानविन समितिले सुन तस्करीको र्‍याकेट चलाइरहेको अन्य गिरोहतर्फ पनि छानबिन अघि बढाएको छ

गृहमन्त्रालयका सह-सचिव ईश्वर पौडेलको नेतृत्वमा रहेको अनुसन्धान समितिका एक अधिकारीका अनुसार अनुसन्धान सकिएको छैन, त्यसैले यो पाटो बाँकी रहृयो ।

‘यो अनुसन्धानको प्रस्थान विन्दु सनम शाक्यको हत्या हो । त्यससम्बन्धी मुद्दा निश्चित अवधि ६० दिनमा अदालतमा बुझाउनु पर्ने भएकाले अहिले पहिलो फेजमा त्यसतर्फ अनुसन्धान भएको हो’, उनले भने, ‘अनुसन्धान सकिएकै छैन, जारी छ ।’

उनका अनुसार संगठित अपराध ऐनमा मुद्दा अदालतमा बुझाइए पनि अनुसन्धानका क्रममा अन्य थप व्यक्ति संलग्न भएको देखिए वा अभियोग लगाउनु पर्ने भयो भने फेरि पनि नियन्त्रणमा लिन र अभियोग लगाउन मिल्ने प्रावधान छ । त्यही प्रावधान अनुसार मुद्दा दर्ता हुनै लाग्दा एसएसपी दिवेश लोहोनी पक्राउ परे ।

स्रोतका अनुसार छानविन समितिले सुन तस्करीको र्‍याकेट चलाइरहेको अन्य गिरोहतर्फ पनि छानबिन अघि बढाएको छ । उनले भन्सार कर्मचारी, अध्यागमन लगायतको पाटोतर्फ पनि समितिले अनुसन्धान सुरु भएको बताएका छन् ।

छानविन समितिलाई सुन तस्करीबारे विशेष अनुसन्धान गर्ने जिम्मेवारी रहेको भन्दै ती अधिकारीले सुन सम्बन्धमा नेपालमा रहेका गिरोह, त्यसका कारण र सुझावहरुसहित प्रतिवदेन पेश गर्ने गरी विस्तृत अनुसन्धान भइरहेको छ ।

यो पनि पढ्नुस् 

त्रिभुवन विमानस्थलबाट ४२१ पटक सुन भित्रिएको रेकर्ड (सूचीसहित)

कसरी भित्र्याए गोरेले दुबईबाट ३८ क्वीन्टल सुन ?

गोरेका गुरु भुजुङको वयान : ०४० सालदेखि सुन तस्करी थालेका हौंं

एसएसपीकै गाडीबाट ओसारिन्थ्यो विमानस्थलबाट तस्करीको सुन

गोरेका गुरु भुजुङको वयान : ०४० सालदेखि सुन तस्करी थालेका हौंं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment