+
+

अदालतसामू टेकराजको बयानः दुबईबाट सुन ल्याएको हुँ, सबै सेटिङ गोरेले मिलाउँथे

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २६ गते २०:४८

२६ वैशाख, विराटनगर । साढे ३३ किलो सुन र सनम शाक्य हत्याको अभियोगमा पक्राउ परेका टेकराज मल्ल ठकुरीले अदालतसामू सुन तस्करी स्वीकार गरेका छन् । उनले सबै काम चुडामणि उप्रेती ‘गोरे’को योजना भएको बताएका छन् ।

तर, गृह मन्त्रालयको अनुसन्धान टोलीलाई दिएको बयानमा केही बोले फेरेका छन् । उनलेसनम शाक्यको हत्या र सुन तस्करीदेखि शाक्यको शव व्यवस्थापन गर्ने मामिलामा प्रहरी अधिकारीहरुको संलग्नताबारे आफ्नो बयान फरेका छन् ।

अदालती बयानमा टेकराजले गोरेको सल्लाहअनुसार पटक पटक दुबई गएको र प्रत्येक पटक आउँदा सुन ल्याउने गरेको स्वीकार गरेका छन् । उनले भने, ‘त्यो सुन मैले प्लेनभित्रै छाडिदिन्थेँ । पछिल्लो पटक हराएको साढे ३३ केजी सुन पनि म र एक जना नाम थाना नभएको मानिसले ल्याएका हौं ।’

उनले अघि भनेका छन्, त्यो सुन कहाँ कसरी को मार्फत विक्री वितरण हुन्थ्यो मलाई थाहा छैन । सबै कुराको सेटिङ गोरे भन्ने चुडामणि उप्रेतीले मिलाउँथे ।’

उनले सनम शाक्यलाई गोरले नै कुटपिट गर्नुका साथै करेन्ट लगाएको बयान दिएका छन् । तर, शाक्यको शव आफूले चलाएको गाडीमा रहेको र प्रहरी टोलीरहरुसँग मिलेर शव व्यवस्थापन गर्न चाहेको पूर्व बयान भने फेरेका छन् ।

काठमाडौंबाट आएको प्रहरी टोली आफूहरुसँगै इटहरीको गेष्टहाउसमा ३/४ घन्टा बसेको स्वीकार गर्दै उनले भनेेका छन्, ‘काठमाडौंबाट आउको प्रहरीहरुले गोरेलाई समात्नुपर्छ भन्थे ।’

सुनकाण्डमा पक्राउ परेका प्रहरी अधिकारीहरु बालकृष्ण संजेल, विकासराज खनाल, प्रजित केसी लगायतको बयान सुनाएपछि टेकराजले अदालतसामू भनेका छन्, ‘गोरे भन्ने चुडामणिले कसरी कोको सँग सम्जन्धी राखी सुन तस्करी गर्थे थाहा भएन । मैले एयरपोर्टमा सुन ल्याउने सम्म काम गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?