Comments Add Comment

मेरो ट्याटु फिल्मको लागि थियो भनेर मैले कैले भने ?: साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको ट्याटु प्रकरण पुरानो भइसकेको छ । अहिले उनलाई कसैले यो प्रसंग कोट्यायो भने झनक्क रिसाइहाल्छन् ।

फिलिपिन्समा फिल्म ‘कायरा’ को सुटिङमा रहँदा उनको वक्षस्थलमुनिको ट्याटु सार्वजनिक भएको थियो । के त्यो ट्याटु चलचित्रकै लागि थियो ? यति सोध्दा नै साम्राज्ञी रिसाइन् । उनले भनिन्-‘मलाई यस्तै कुराले रिस उठ्छ । जसलाई पनि रिस उठ्छ ।’

नायक आर्यन सिग्देलले गर्धनमा ट्याटु खोप्दा साम्राज्ञीले वक्षस्थलमुनि ट्याटु खोपेकी थिइन् । आर्यनले त्यो ट्याटु चलचित्रकै लागि थियो या थिएन भन्ने चलचित्र हेरेपछि मात्र थाहा हुने बताए । तर, साम्राज्ञीले भनिन्-‘मैले कहिले भने त्यो ट्याटु चलचित्रको लागि थियो भनेँ ? तपाईंहरु यस्तै कुरा पत्याउनुुहुन्छ अनि ।’

साम्राज्ञीले चलचित्रका लागि नभएर व्यक्तिगत रहरले ट्याटु खापेको प्रष्टीकरण आर्यनले दिएका छन् ।

साम्राज्ञी र आर्यनसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

मेरो शैली मन नपर्नेलाई म के भनुँ ?
भनिन्छ, साम्राज्ञीलाई चलचित्रमा काम गराउन निकै गाह्रो हुन्छ । साम्राज्ञीले भने एउटा चलचित्रमा काम गर्दा अरु कसैको मतलब नगर्ने बताइन् ।

उनले भनिन्-‘एउटा चलचित्रमा काम गर्दा अरु चलचित्रको बारेमा पनि सोच्यो भने दिमाग घुम्छ । यसैले, एउटा चलचित्रको काम नसकी म अरुको कुरा नै सुन्दिनँ ।’

यो शैलीले चलचित्र क्षेत्रमा टिक्न सकिन्छ त भन्ने प्रश्नमा उनले भनिन्-‘यो मेरो आफ्नो शैली हो । अब, अरु कसैलाई मन पर्दैन भने म के गर्न सक्छु र ?’

उनले, आफूले एउटा चलचित्रमा काम गर्दा अरु कसैको मत्तलब नै नगर्ने र अरु चलचित्रको बिषयमा सुन्न पनि नचाहने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment