Comments Add Comment

धरानका मेयर तारा सुब्बाको निधन

१ साउन, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ ।

दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनको मंगलबार दिउँसो निधन भएको हो ।

मेयर सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको थियो ।

सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो । विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले सुब्बाको शारीरिक अवस्था कमजोर रहेको थियो ।

२०७४ सालमा भएको स्थानीय निर्वाचनमा सुब्बा तत्कालिन नेकपा एमालेका तर्फबाट धरान उपमहानगरपालिकाको मेयरमा २० हजार ९ सय ७५ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

को हुन् तारा सुब्बा ?

तेह्रथुमको खाम्लालुङमा १८ माघ ०२३ सालमा जन्मिएका तारा सुब्बा १३ वर्षको उमेरमै पहिला झापा, गोलधाप र पछि धरान झरेका हुन् । ०३७ सालमा धरानको शिक्षा निकेतन हाइस्कुलमा भर्ना भएपछि अनेरास्ववियु पााचौको सांगठनिक गतिविधिमा उनी लागे ।

उनले कक्षा ८ मा अध्ययनरत छादा शैक्षिक शुल्क बृद्धिविरुद्धको आन्दोलनको नेतृत्व गरेर धरानमा चर्चा कमाएका थिए, ०४० सालमा । ०४२ मा एसएलसी दिएपछि उनले अखिलको धरान नगर कमिटी सम्हाले । ०४६ को जनआन्दोलनमा उनी धरानको भानुचोकबाट पक्राउ परी केही दिन प्रहरी हिरासतमा राखिए ।

प्रजातन्त्रबहालीपछि विद्यार्थी कार्यकर्ता तारा सुब्बाले आफ्नो राजनीतिक क्रियाशीलतालाई युवा आन्दोलनसाग जोडे । तत्कालिन मालेसम्बद्ध प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (हालको युवा संघ) सुनसरीको उनी संस्थापक हुन् । उनले दुई कार्यकाल युवा संघ जिल्ला अध्यक्षको जिम्मेवारी निभाएपछि एक कार्यकाल केन्द्रीय सदस्य पनि भए ।

त्यसपछि उनी जिल्ला तहको पार्टी नेता रुपमा सक्रिय भए । ०५४ को स्थानीय निर्वाचनमा धरानलाई प्रतिनिधित्व गर्ने जिविसका इलाका सदस्य थिए । स्थानीय निकाय भंग भएपछि नगरपालिकाको राजनीतिक संयन्त्रमा उनले लगातार  तत्कालिन एमालेको तर्फबाट प्रतिनिधित्व गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment