Comments Add Comment

गाँउपालिकाहरुमा नबिल बैंकको १२ नयाँ शाखा

१ साउन, काठमाडौं । नबिल बैंकले ग्रामिण नगरपालिकाहरुमा स्थापना भएका आफ्नो थप १२ नयँँ शाखाहरुको आधिकारिक उद्घाटन गरेको छ । सो शाखाहरु प्रदेश नं. ५, कर्णाली प्रदेश, प्रदेश नं ७ स्थित स्थानहरुमा छन् ।

आलिताल गाँउपालिका, डढेलधुरा प्रदेश नं ७
बराहताल गाँउपालिका, सुर्खेत कर्णाली प्रदेश
वित्थडचिर, गाँउपालिका, बजाङ, प्रदेश नं ७
सम्मरीमाई गाँउपालिका, रुपन्देही, प्रदेश नं ५
तिला गाँउपालिका, जुम्ला, कर्णाली प्रदेश
दार्मा गाँउपालिका, सल्यान, कर्णाली प्रदेश
पचालझरना गाँउपालिका, कालिकोट, कर्णाली प्रदेश
पलाता गाँउपालिका, कालिकोट, कर्णाली प्रदेश
पन्चेश्वर गाँउपालिका, बैतडी, प्रदेश नं ७
रामारोशन गाँउपालिका, अछाम, प्रदेश नं ७
सायल गाँउपालिका, डोटी, प्रदेश नं ७
तुर्माखाँद गाँउपालिका, अछाम, प्रदेश नं ७

काठमाडौंमा आयोजित शाखा उद्घाटन कार्यक्रममा मूख्य अतिथि माननीय अर्थ मन्त्री डा.युवराज खतिवडाले बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्याल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहको उपस्थितिमा स्थापना भएका १२ नयाँ गाँउपालिकाका शाखाहरुको इलेक्ट्रनिक तवरले उद्घाटन गरे ।

उद्घाटन समारोहका मूख्य अतिथि माननीय अर्थ मन्त्री डा.युवराज खतिवडाले समृद्घ नेपाल सुखी नेपालीका लागि वित्तिय समावेशिता, बैंकिङ्ग पहुंच तथा बैंकिङ्ग महत्वका बारे आफ्ना विचारहरु प्रस्तुत गरे ।

समारोहमा सक्षमका टिमलिडर बलजित भोहराले नबिल बैंकको ग्रामिण बैकिङ्ग पहुंच विस्तार गर्ने उद्घेश्यमा शाखा स्थापना गर्न सहयोग पुर्‍याउन सकेकोमा खुशी व्यक्त गरे ।

“यस सहायताको माध्यमबाट हामीले सेवा नपाएका ग्रामीण जनसंख्यासम्म बंैकिङ्ग सेवाको पहुँच पुर्‍याउने, आर्थिक विकासलाई ऊर्जा दिने र स्थानीय सरकारहरूलाई केन्द्रीय सरकारबाट रकम प्राप्त गर्न तथा स्थानीय वित्तीय व्यवस्थापनका अभिभाराहरू पूरा गर्न सक्षम बनाउने काम गरिरहेका छौं । यसको अतिरिक्त, यी बैंक शाखाहरूबाट सामाजिक सुरक्षा भुक्तानीहरू पनि हुनेछन् भन्ने हामीले आशा लिएका छौं,” सक्षमका टोली प्रमुख भोहराले भनेे ।

“यी ७ शाखाहरूले स्थानीय तहमा रहेका व्यक्तिहरू तथा लघु, साना तथा मझौला उद्योगहरूलाई आफ्नै घरदैलोमा सम्पूर्ण बंैकिङ्ग सेवाहरू प्राप्त गर्न पनि सहयोग गर्नेछन् ।”, उनले थपे ।

नबिल बैंकका अध्यक्ष पौड्यालले भने, “यी विकट गाँउपालिकाहरुमा १२ नयँँ शाखाहरुबाट सेवा प्रदान गर्न पाउँदा हामीलाई अत्यन्त खुशी लागेको छ । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले अवलम्वन गरेको निति, कम्तिमा एक स्थानीय तहमा एउटा वाणिज्य बैंकको शाखा होस् भन्ने भावनाले ती ठाउँमा बैंकले ग्राहक सुविधा उपलब्धताको लागि शाखा संचालनमा ल्याएको हो । हाम्रा ग्राहक महानुभावहरुलाई सधैं उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता रहेको छ । ”

“व्यवसायिक र प्रभावकारी बैंकिङ्ग सुविधाहरु प्रदान गर्न र समाजका बृहत एवं छरिएर बसेका समुदायको बैंकिङ्ग आवश्यकता नविनतम रुपले परिपुर्ति गर्ने योजना अनुरुप हामीले ग्रामिण १२ नयँँ शाखाहरु मार्फत सेवा प्रदान गर्न पाउँदा हामीलाई खुशी लागेको छ । बैंकको थप नयाँ शाखाहरुबाट ग्राहक महानुभावहरुले सम्पूर्ण बैंकिङ्ग सुबिधाहरु प्राप्त गर्न सक्नु हुनेछ । देशको अग्रणी स्थानमा रहन सफल नबिल बैंकले अनवरत रुपमा आफ्ना सेवा तथा सुबिधाहरु समाजका विभिन्न तह र तप्काका बढि भन्दा बढि ग्राहकहरुलाई उपलब्ध गराउने उद्देश्य अनुरुप देशका विभिन्न ठाउँमा आफ्नो शाखा कार्यालयको संजाल बढाउदै लगिरहेको छ ।” सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment