Comments Add Comment

काठमाण्डौका २० वटा हलबाट बक्स अफिसकाे सुरूवात


साउन १ गतेबाट काठमाण्डौका २० वटा हलमा बक्स अफिस प्रणाली जडान गरिएको छ । काठमाण्डौका ११ वटा मल्टिप्लेक्स र ९ वटा सिंगल थिएटरमा इ टिकेटिङ र बक्स अफिस जडान गरिएको हो ।

अब, यी २० वटा हलमा हुने चलचित्रको कारोबारको एउटै डाटा सार्वजनिक हुनेछ । सूचना, संचार तथा प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले बक्स अफिस प्रणालीको उद्घाटन गरेका हुन् ।

उनले, देशभरका हलमा पनि बक्स अफिस जडान गरिने बताए । यसका लागि सरकारले यो बर्षको बजेटमा नीति नै बनाएको उनले बताए । उनले बक्स अफिस जडान भएसँगै अब यसले निर्माता, वितरक, प्रदर्शक र सरकारलाई नै फाइदा हुने बताए ।

मन्त्री बाँस्कोटाले भने-‘यो सरकार कुनै पनि चलचित्रकर्मी भोक्कै नबसुन् भन्ने चाहन्छ । बक्स अफिस जडान भएपछि अब सबै कुरा पारदर्शी हुनेछ ।’

कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य सचिव महेन्द्र प्रसाद साँखीले यो सुरुवात भएको भन्दै केही अप्ठ्यारो हुने सक्ने भन्दै सबैले यसमा साथ दिनुपर्ने बताए ।

बक्स अफिस लागू गर्नका लागि चलचित्र सम्बन्धी विभिन्न संघसंस्था, चलचित्रकर्मीले दबाब दिदै आएका थिए । इ-टिकेटिङ र बक्स अफिस जडान गरिएका हलहरु यसप्रकार छन्ः

मल्टिप्लेक्स हलहरू:
१.    सेन्ट्रल सिनेमाज् प्रा.लि., सुन्धारा, काठमाडौं
२.    सिने डि सेफ कम्पनी प्रा.लि., सुन्धारा, काठमाडौं
३.    सिनेमार्क मुभिज प्रा.लि., दरबारमार्ग, काठमाडौं
४.    जयनेपाल चित्रघर,   नक्साल, काठमाडौं
५.    म्याक्स ईन्टरटेनमेन्ट प्रा.लि. , बागबजार, काठमाडौ
६.    सिने स्टार प्रा.लि. ,  कमलपोखरी, काठमाडौं
७.    कुमारी चित्र मन्दिर,  कमलपोखरी, काठमाडौ
८.    के.एल.सिनेमा सिटी प्रा.लि. , चुच्चेपाटी, काठमाडौ
९.    सार्थक इन्टरटेनमेन्ट प्रा.लि., गोंगबु, काठमाडौ
१०.    ललित सिनेमाज् प्रा.लि, पुलचोक, ललितपुर
११.    छायाँ सिनेमाज् प्रा.लि., ठमेल, काठमाडौं

अन्य चलचित्रघरहरूः
१२.    पृथ्वी चलचित्र मन्दिर    बौद्ध, काठमाडौं
१३.    सिद्धार्थ सिनेमा प्रा.लि.    बौद्ध, काठमाडौं
१४.    गोपीकृष्ण मूभिज् प्रा.लि.    चाबहिल, काठमाडौं
१५.    अष्टनारायण पिक्चर्स प्रा.लि.    बालाजु, काठमाडौं
१६.    गंगा चलचित्र मन्दिर    बालाजु, काठमाडौं
१७.    कलंकी चलचित्र मन्दिर    कलंकी, काठमाडौं
१८.    गुण सिनेमा प्रा.लि.    ग्वार्को, ललितपुर
१९.    बाराही मुभिज् प्रा.लि.    सुर्यविनायक, भक्तपुर
२०.    विश्वज्योती सिनेमा भवन प्रा.लि.    जमल, काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment