Comments Add Comment

साराका लागि सलोन ‘राजा’ बन्दा विनोद बने ‘सेनापति'(फोटो फिचरसहित)


नेपाली चलचित्रमा पछिल्ला केही बर्षयता गीतसंगीतमा निकै ध्यान दिने गरिन्छ । गीतसंगीतकै कारणले चलचित्रको व्यापारमा राम्रै भिन्नता आउन थालेपछि निर्माताहरुले यसमा पनि ध्यान दिन थालेका हुन् ।

गीतसंगीत र त्यसको भिडियोलाई कलरफूल बनाउन विभिन्न शैली र लोकेशनमा ध्यान दिन थालिएको छ । भदौ २२ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘सुश्री सम्पत्ती’को ‘हुकुम’ बोलको गीतको छायांकन पाटनको दरबार स्क्वाएर भित्र गरिएको छ । यो गीतको भिडियोमा दरबारमा भारदारहरुसँगको नाच र रमाइलोलाई प्रस्तुत गरिएको छ र पोशाक पनि सोही अनुरुप तयार गरिएको छ ।

८० भन्दा बढी कोरसलाई फिचरिङ गरिएको यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपानेलाई फिचरिङ गरिएको छ । भिडियोमा सलोन ‘राजा’, सारा ‘राजकुमारी’ र बिनोद ‘सेनापति’को भेषमा देखिएका छन् ।

सारालाई संझिएर सलोनले गरेको कल्पनामा यो भिडियो तयार पारिएको कोरियोग्राफर गम्भिर बिष्टले जानकारी दिए । सुरेश अधिकारीको शब्द तथा संगीतमा तयार भएको गीतमा विशाल राई र मेलिना राइको स्वर छ । शिवराम श्रेष्ठले यो गीतको छायांकन गरिरहेका छन् ।

चलचित्रका छायांकार भने अर्जुन तिवारी हुन् । चलचित्रको छायांकन भने पोखरामा गरिएको छ । रमेश त्वयनाको प्रस्तुतीमा तयार भैरहेको यो चलचित्रको कथा लेखक तथा निर्देशक सुव्रतराज आचार्य हुन् । चलचित्रका निर्माता विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार हुन् । अभिमन्यू निरबी र सुव्रतको संवाद रहेको चलचित्रलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् ।

निर्देशक आचार्यले गीतलाई केही फरक सोचका साथ छायांकन गरिएको बताए । गीतमा राणाकालिन पोशाक र दरबारमा भारदारहरुसँगको नाचलाई प्रस्तुत गरिएको उनले बताए । एक सातामै गीत सार्वजनिक गर्ने आचार्यको भनाई छ । चलचित्रलाई पूर्ण कमेडी कथामा निर्माण गरिएको छ ।

तस्बिर तथा भिडियोः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment