Comments Add Comment

बारामा झण्डै डेढ अर्व वजेट फ्रिज 

नौँ अर्ब राजश्व संकलन

२ साउन, सिमरा । आर्थिक वर्ष ०७४/७५ मा बारामा झण्डै डेढ अर्व वजेट फ्रिज  भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका अनुसार जिल्लामा गत आर्थिक वर्षमा चालु तथा पूँजिगत दुबैतर्फ गरी १ अर्व ३५ करोड १५ लाख २ हजार ५९ रुपैयाँ खर्च हुन नसकी फ्रिज भएको हो ।

चालु खर्चतर्फ विनियोजित कुल ९ अर्व ५४ करोड ६ लाख ६८ हजार दुईसय तीन रुपैयाँ वजेट मध्य ८ अर्व ७१ करोड ६५ लाख ३३ हजार ८९ रुपैयाँ मात्र खर्च भएको छ ।

चालु खर्चतर्फ कुल ९१.३६ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय बाराका कोष नियन्त्रक गोविन्द अधिकारीले जानकारी दिए ।

यस्तै पूँजीगततर्फ बारामा ६७.३७ प्रतिशत वजेट खर्च भएको छ । पूँजीगत तर्फ विनियोजित १ अर्ब ६१ करोड ६२ लाख ६२ हजार तिनसय ५९ रुपैयाँ वजेट मध्य १ अर्ब ८ करोड ८८ लाख ९५ हजार चार सय १३ रुपैयाँ मात्र खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय बाराका अनुसार चालु खर्च तर्फ छुट्याइएको वजेट मध्य ८२ करोड ४१ लाख ३५ हजार एकसय १४ रुपैयाँ फ्रिज  भएको छ भने पूँजीगततर्फ ५२ करोड ७३ लाख ६६ हजार ९ सय ४५ रुपैयाँ वजेट फ्रिज भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयको प्रारम्भिक प्रतिवेदन अनुसार बारामा यसवर्ष ९ अर्ब राजश्व संकलन भएको छ । कार्यालयका कोष नियन्त्रक अधिकारीका अनुसार ९ अर्ब २ करोड ९९ लाख ११ हजार ६६ रुपैयाँ राजश्व संकलन भएको छ ।

कर राजश्व तथा गैरकर राजश्व दुबै संकलन हुने कलैयास्थित राष्ट्रिय वाणिज्य बैंकबाट ८७ करोड ५ लाख १३ हजार ६ सय ५० रुपैयाँ राजश्व संकलन भएको छ भने गैरकर राजश्व मात्र संकलन हुने एभरेष्ट बैंक सिमरा शाखाबाट ८ अर्व १५ करोड ९३ लाख ९७ हजार ४ सय १६ रुपैयाँ राजश्व संकलन भएको छ ।

फ्रिज  भएको बजेट तथा संकलित राजश्वको कार्यालयगत विवरण उपलव्ध गराउन केही दिन लाग्ने कोष नियन्त्रक अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment