+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

महोत्तरीमा अत्यधिक गर्मी, तापक्रम ४२ डिग्री पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ४ गते १३:४२


४ साउन, महोत्तरी । महोत्तरी जिल्लामा तीन दिन यता बढेको अत्यधिक गर्मीसंगै चलेको तातो हावाले जनजीवन प्रभावित भएको छ । पछिल्लो तीन दिन यता जिल्लामा तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको छ ।

चर्को घाम र मध्यान्हमा चल्ने तातो हावाको कारण सर्वसाधारण घर बाहिर निस्कनसमेत समस्या भएको छ । पानी नपरेको कारण समेत तापक्रममा वृद्धि भएको हो । विगत दुई हप्तादेखि यस क्षेत्रमा बषर्ा भएको छैन ।

बढ्दो गर्मीको कारण बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत केही दिन देखि प्रभावित बनेको छ । महोत्तरी तीन दिनदेखि अस्वभाविक रुपमा तापक्रम बढेको र सर्तकता अपनाउन सुझाव चिकित्सकहरुले सुझाव दिएका छन् ।

तातो हावा चलेको कारण लु लाग्ने सम्भावना रहको भन्दै चिकित्सकहरुले गर्मीमा छाला ढाक्ने कपडा लगाउन, घाममा धेरै नहिँड्न, प्रशस्त मात्रमा पानी पिउन, छहारीमा बस्न, घाममा काम नगर्न, घाममा निस्कँदा छाता लगाएर निस्किन चिकित्सकहरुले सुझाव दिएका छन् ।

गर्मीको कारण दैनिक मजदुरी गरेर जीवनयापन गर्ने मजदुरहरु बढी प्रभावित बनेका छन् । गर्मीका कारण बालबालिका, वयस्क र वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले केही दिन यता विरामीको संख्या बढेको बर्दिवास अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?