Comments Add Comment

अपाङ्ग महासंघको आवाजः मलाई गणना गर्नुस !

४ साउन, बिराटनगर । प्रदेशस्तरका नीति, कानून र कार्यक्रमहरुमा अपाङ्गता भएका व्यक्तिहरुले आफ्नो सहभागिताको माग गरेका छन् । नीति निर्माण तहमा अपाङ्गता भएका व्यक्तिको सहभागिता सुनिश्चित गर्न प्रदेश १ बाट ‘मलाई गणना गर्नुस’ जनवकालत अभियान सुरु हुने भएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघ १ नम्वर प्रदेश कार्यालय बिराटनगरले जनगणना २०७८ लाई लक्षित गरी अभियानको घोषणा गरेको महासंघका अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिए ।

प्रदेशस्तरमा बन्ने नयाँ ऐन कानुन तथा नीति नियमावलीहरुमा अपाङ्गता भएका व्यक्तिका सवाललाई समावेश गर्न माग गरिएको छ । ऐन कानुन तथा नीतिनियमलाई कार्यान्वयन गराउन जनवकालतका अभियान थालिने कार्कीले बताए ।

राष्ट्रिय अपाङ्ग महासंघ १ नम्वर प्रदेश कार्यालय विराटनगरले अपाङ्गता क्षेत्रमा भएका व्यवस्थाहरुलाई कार्यन्वयन गर्न संवोधन गर्नुपर्ने २७ बुँदे सवाल तयार गरेको छ ।

प्रदेश स्तरमा बन्ने ऐन कानुनमा समावेश गर्नुपर्ने विषयहरुरुलाई १ नम्वर प्रदेश स्तरीय अपाङ्गता क्षेत्रमा क्रियाशील संघ संस्थाका प्रतिनिधिहरुको संलग्नतामा २७ बुँदे सवाल तयार गरिएको महासंघले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

अभियान अन्तरगत साउन ८ गते मुख्यमन्त्री शेरधन राई र प्रदेश मन्त्रीहरुलाई ज्ञापनपत्र बुझाइने कार्कीले बताए । त्यसैगरी साउन ९ र १० गते प्रदेश स्तरमा रहेका प्रादेशिक कार्यालयहरुमा ज्ञापन पत्र बुझाइने उनले बताए ।

महासंघले ७ वटै प्रदेशमा जनवकालतका कार्यक्रम गर्ने तयारी गरिरहेको अध्यक्ष कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment