Comments Add Comment

अर्थमन्त्रीमा खतिवडाको आगमनपछि यसरी बढ्यो राजस्व संकलन


४ साउन, काठमाडौं । गत आर्थिक वर्षमा मुस्किलले लक्ष्य अनुसार राजस्व संकलनको लक्ष्य भेट्टाएको छ ।

पहिलो ९ महिनामा लक्ष्य भन्दा कम राजस्व संकलन गरेको सरकारलाई त्यसबेला झड्का लाग्यो, जब चैतमा गैर कर पनि आधा घट्यो । तर, आर्थिक वर्ष सकिँदासम्म ७ खर्ब ३० अर्ब ५ करोड राजश्व उठाउन लक्ष्य पुरा भएको छ ।

आर्थिक वर्ष २०७४/७४ मा ७ खर्ब ३२ अर्ब ६ करोड राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार माघ मसान्तसम्म राजस्व संकलनको वृद्धिदर १४ प्रतिशत मात्रै थियो । तर, फागुनदेखि आसारसम्ममा २१ प्रतिशत वृद्धिदर हासिल भयो । डा. युवराज खतिवडा अर्थमन्त्री भएपछि भन्सार र आन्तरिक राजश्व विभागलाई कर असुलीमा प्रभावकारी बन्न निर्देशन दिए । त्यसका लागि नीतिगत तथा संरचनात्मक परिवर्तन गरेपछि कर संकलनमा सुधार आएको हो ।

‘माघमसान्तसम्म लक्ष्यभन्दा १ अर्ब ७६ करोड कम राजस्व उठेको थियो । पछिल्लो चरणमा टार्गेटभन्दा बढी राजस्व उठायौं’ राजश्व सचिव शिशिरकुमार ढुंगानाले भने, ‘आर्थिक वर्ष सकिँदा लक्ष्यभन्दा ५ अर्ब प्लस गर्न सक्यौं ।’

अघिल्लो आर्थिक वर्ष २०७३/७४ को तुलनामा तुलनामा २० प्रतिशत बढी राजश्व संकलन भएको छ ।

गत वर्ष राजस्वले कुल गाह्रस्थ उत्पादन (जीडीपी)को २४.३४ प्रतिशत हिस्सा ओगटेको छ ।

नयाँ आर्थिक वर्षमा सरकारले ९४५ अर्बको राजस्वको संकलन गर्ने लक्ष्य दिएको छ । त्यसका लागि ‘मेसिनरी’ प्रयोग भइसेकको र कार्यान्वयन कार्ययोजना बनिसकेको सचिव ढुंगानाले बताए । ‘इन्स्टिच्युसनल मेकानिजम सेट छ । हामी ९४५ अर्ब राजस्व पुर्‍याउनेमा आत्मविश्वासी छौं’ उनले भनेका छन् ।

गत वर्ष ६५९ अर्ब ३६ करोड कर राजस्व उठेको थियो । जुन लक्ष्यको ९८. ९७ प्रतिशत मात्रै हो । गैरकर राजस्व भने लक्ष्यभन्दा बढी उठ्यो । गैरकर राजस्व ११३.९२ प्रतिशत असुली भयो । गत वर्ष गैरकर राजश्व ७२ अर्ब ७४ करोड उठेको थियो ।

गत वर्ष कर असुलीमा समग्रमा २०.२ प्रतिशतले वृद्धि भयो । यसमा भ्याट संकलनको वृद्धिकर २९ प्रतिशत छ । भन्सार महसुलको वृद्धिदर २१.७, अन्तशुलकको २१.१, आय करको ७.८१ र गैर कर १७.९ प्रतिशत रहेको ढुंगानाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment