Comments Add Comment

खानपान सम्बन्धी यी प्रश्नोत्तर, एकपटक पढेकै राम्रो


स्वस्थ भएर जीवनयापन गर्ने चाहना सबैमा हुन्छ तर, पनि विभिन्न कारणहरुले सबैले स्वस्थ भएर हाँसीखुसी जिउन सक्दैनन् । व्यस्त जीवन र कामको चापको कारण हामीले आफ्नो स्वास्थ्यलाई धेरै ध्यान दिँदैनौं तर हाम्रो यस्तै हेलचक्रयाँईले हामीलाई पछि अप्ठ्यारो पर्छ ।

हामीले आफ्नो स्वास्थलाई राम्रो बनाउनको लागि धेरै कुराहरुमा विचार गर्नुपर्छ । त्यसमध्ये सबैभन्दा महत्वपूर्ण हामीले खाने खाना वा भोजन हो ।स्वास्थ्य राम्रो बनाउनको लागि खानामा के खाने, कतिखेर खाने र कति खाने भन्नेकुरा हामीले थाहा पाउनै पर्छ ।

त्यसोभए भोजनसँग जोडिएका केहि भ्रम र त्यसको यथार्थको बारेमा के तपाईंलाई थाहा छ त ?

चिकित्सकहरुका अनुसार मानव शरीरमा ९५ प्रतिशत भन्दा धेरै रोगहरु पोषणयुक्त तत्वको कमी र शारीरिक श्रमको कमीको कारणले लाग्छ ।
त्यसैले आउनुहोस् भोजनसँग जोडिएका केहि भ्रम र त्यसको सत्यताको बारेमा थाहा पाइराख्नुहोस् । जसले तपाईंलाई पनि सन्तुलित र भोजन गर्न सहयोग गर्छ ।

एक पटक खाना खान छुटेमा अर्कोपटक खाँदा त्यसको कमी पुरा गर्न सकिन्छ ?

कुनै पनि समयको भोजन छुटाउन ठिक हुँदैन । यसको कमी पछिल्लो समयको भोजन गर्नाले पुरा गर्न सक्दैन । मानिसले हरेक दिन ३ पटक सन्तुलिन भोजन लिन जरुरी छ ।

यदि खानाको प्याकेटमा सबै प्राकृतिक लेखिएको छ भने खानेकुरा स्वास्थ्यकर हुन्छ ?

यदि कुनै चीजमा सबै प्राकृतिक भएको लेबल लगाइएको छ भने पनि त्यसमा चिनी, असिमित फ्याट वा फेरि अन्य कुराहरु समावेश भएको हुन्छ, जुन स्वास्थ्यको लागि खतरनाक हुन्छ ।

सब प्राकृतिक लेबल भएका केहि स्न्याक्समा पनि क्यान्डी बारमा जति नै फ्याट प्रयोग भएको हुन्छ । त्यसैले तपाईंले प्याकेटको पछाडिको भागमा हुने सबै कुराहरु ध्यान दिएर पढ्न जरुरी छ जसले तपाईंलाई सबैकुरा बयान गर्छ ।

यदि  तौल आवश्यकता भन्दा धेरै छैन भने खानाको बारेमा चिन्ता गर्नुपर्ने जरुरत छैन ?

यदि  आफ्नो तौलसँग समस्या छैन भने पनि हरेकदिन स्वस्थकर भोजनको सेवन गर्नुपर्छ । तपाईंले आफ्नो शरीरलाई एक मेसिनको रुपमा हेर्नुभयो भने त्यसलाई राम्रोसँग चलाउन पक्कै पनि तपाईं सबैभन्दा राम्रो इन्धनको उपयोग गर्नुहुन्छ ।

हो त्यसरी नै तपाईं सँधै जंकफुडबाट टाढा रहनुपछै । यदि तपाइर्ं खराब भोजनको बानी बिकास गर्नुहुन्छ भने तपाईंले भविष्यमा स्वास्थ्य सम्बन्धी धेरै समस्याहरुको सामना गर्न पर्छ ।

 चिनीको सट्टामा मह खाएर आफ्नो खानालाई चाहेजस्तो तरिकाले मिठो बनाउन सकिन्छ ?

रसायनिक हिसाबले मह र चिनी बिल्कुल बराबर हो । यहाँसम्म कि नियमित चिनीको तुलनामा महमा अझै केहि धेरै क्यालोरी हुन सक्छ । यसैकारण चिनी जस्तै मह पनि बिल्कुलै कम मात्रामा प्रयोग गर्ने प्रयास गर्नुहोस् ।

जबसम्म हामी प्रत्येक दिन भिटामिनको सेवन गरिरहेका छौं हामीले के खाइरहेका छौं त्यसको बारेमा चिन्ता गर्ने जरुरी हुँदैन ?

केहि पोषण विशेषज्ञहरुका अनुसार भिटामिनको गोली लिन धेरै राम्रो कुरा हो । तर, गोली त्यस चीजको मात्रै दिइन्छ जसको लामो समयदेखि तपाईंलाई आवश्यकता छ ।

त्यसैले यस्तो जरुरी छैन भने स्वस्थ्यकर खानाले तपाइर्ंलाई आवश्यक प्रोटिन, उर्जा र अन्य सारा चीजहरु पुरा गर्छन । जुन भिटामीनको गोलीहरुले गर्न सक्दैन ।

यस्तै भिटामिनको गोली र चिप्सको प्याकेट अहिले पनि एक खतरनाक लञ्च हुन सक्छ । यसको साटो तपाईले सन्तुलित र पोषणयुक्त भोजन लिन राम्रो हुन्छ ।

 दिउँसो वा फेरि खेल खेल्नु अघि उर्जा बढाउने जरुरत छ भने एउटा क्यान्डि बार खानुपर्छ ?

चकलेट क्यान्डी र केक जस्ता खाद्यसामग्रीमा चिनीको मात्रा पाइन्छ । जसले रगतमा ग्लुकोजको मात्रा बढाइदिन्छ र यसको माध्यमले शरीरको प्रणालीमा चाँडै नै उर्जा सञ्चारको महसुस हुन्छ । तर, पछि ब्लड सुगर लेभलमा धेरै छिटो गिरावट आउछ र तपाईलाई यस्तो महसुस हुन सक्छ कि सुरुको उर्जाको स्तरमा पनि कमी आएको छ ।

भिटामिन र खनिजको आवश्यकतालाई पुरा गर्न इनर्जीबार सबैभन्दा राम्रो उपाय हो ?

सत्यताः इनर्जीबार कार्बोहाइड्रेट, प्रोटिन र फ्याटको राम्रो स्रोत हुन सक्छ तर अरु खाना जस्तै यसको पनि अनुचित प्रयोग हुन सक्छ । यसको धेरै सेवनकोे मतलब हो तपाईं आफ्नो शरीरलाई त्यति नै नोक्सान पुर्याउनु हुन्छ जति क्यान्डि केक र कुकिज खानाले हुन्छ ।

काब्रोहाइड्रेटले  मोटो बनाउन सक्छ ?

यदि तपाईं औसत र सन्तुलित मात्रामा यसको सेवन गर्नुहुन्छ भने तपाइर्ंको शरिरको लागि यो सबैभन्दा राम्रो उर्जाको स्रोत हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment