+
+
Shares

सिद्धबाबाको काखमा स्वप्न बगैंचा

दक्षिण एशियाकै नमूना बनाउन सकिन्छः मुख्यमन्त्री पोखरेल

टोपराज शर्मा टोपराज शर्मा
२०७५ साउन ६ गते ९:०५

६ साउन, बुटवल । उखरमाउलो गर्मी र बढी जनघनत्व भएका शहरहरु मध्ये बुटवल मुलुककै अग्रणी शहरमा गनिन्छ । यहांको जनसंख्या दिनानुदिन बढ्दै अहिले दुई लाख पुगेको छ । एकातिर प्रदेश राजधानी, अर्कोतिर यातायातको ट्रान्जिट प्वाइन्ट पनि भएकाले बुटवलमा सवारी साधन र मान्छेहरुको चापले ट्राफिक जाम र ध्वनी प्रदुषणको कोलाहल उत्तिकै बढ्दो छ । तर, खुशीको कुरा, शहरी कोलाहलले थिचेको बुटवलमै शान्त, रमणीय र गर्मीयाममा शीतल हुने स्वप्न बगैंचासहितको जैविक विविधतायुक्त रामापिथेकस बोटानिकल गार्डेन (वनस्पति उद्यान) बनिरहेको छ ।

स्वप्न बगैंचा र बोटानिकल गार्डेन बनिसकेपछि बुटवलवासी र आगन्तुक पाहुनाले छुट्टै आनन्द र शीतलताको लागि अन्त जानुपर्ने छैन । बुटवल बजार क्षेत्रमा चर्को गर्मीले सताइरह“दा उद्यान बनिरहेको क्षेत्र चिडियाखेलादेखि माथि भने बाहै्र महिना शितल र हावा चलिरहन्छ ।

बुटवलको शीर अर्थात चिडियाखोला हुंदै तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पामा पर्ने माथिल्लो सिद्धबाबा मन्दिर,मानव पुर्खा रामापिथेकसको बंगारा भेटिएको स्थान र आसपासको २ सय ९५ हेक्टर क्षेत्रफलमा १५ करोड ९९ लाख लागतमा बोटानिकल गार्डेन बन्न शुरु भइसकेको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ३ को उत्तरपट्टिको भुभाग र पाल्पाको दोभान गाउपालिका दक्षिणपट्टिको भुभाग र तिनाउ नदिलाई समेत समेटेर बोटानिकल गार्डेन निर्माण गर्न लागिएको हो । आन्तरिक र वाह्य पर्यटकहरुका लागि रमणीय विश्रामस्थलसंगै जैविक विविधताको संरक्षण, विकास,जडिबुटीको उत्पादन र ब्यवस्थापन समेत गर्नेे उद्देश्य सहित वन तथा भू–संरक्षण मन्त्रालय वनस्पति विभाग अन्तर्गत वनस्पति उद्यान निर्माण थालिएको हो ।

बुटवल र पाल्पा दोभानको सीमा क्षेत्रमा रहेका दुई वटा धार्मिक वन मध्ये रुपन्देहीतर्फको २० दशमलव ८२ हेक्टर, पाल्पातर्फको २ सय ७० हेक्टर र चुरे सामुदायिक वन उपभोक्ता समुहको ८ दशमलव ८ हेक्टर वन मध्ये करिब १० हेक्टर भुभागमा वनस्पति उद्यान निर्माण शुरु गरिएको समितिका सचिव लकुश श्रेष्ठले बताए । श्रेष्ठका अनुसार पहिलो चरण अन्तर्गत यहा“ जैविक वनस्पति उद्यान, रमणीय पार्क, नर्सरी र वनभोज स्थलको निर्माण भइसकेको छ ।

हालसम्म राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम अन्तर्गत वन तथा भू संरक्षण मन्त्रालयबाट ६९ लाख, बुटवल उपमहानगरपालिकाबाट १० लाख बढी र र दुईवटा सिद्धबाबा मन्दिरले करिब २० लाख रुपैया“ गरी एक कारेड बढी उद्यानमा खर्च भइसकेको उद्यानकी कोषाध्यक्ष पुनम लिगलले जानकारी दिइन् । बोटानिकल गार्डेन अन्तर्गत तल्लो सिद्धबाबा मन्दिरको तल तिनाउ नदी किनारमा ‘स्वप्न बगैंचा’ बनाउने योजना रहेको सचिव श्रेष्ठ बताउंछन् ।

श्रेष्ठका अनुसार बाहै्र महिना हरियालीसंगै रातो, नीलो, पहेंलो फूलका प्रजातिले स्वप्न बगैंचा ढकमक्क हुनेछ । सोही अनुसार स्वप्न बगैंचामा राजबृक्ष, गुलमोहर, शिरिष, गुलाफ, बेगमकली, लालुपाते आदि सिजनल र सदाबहार फूलका विरुवा रोपिएको छ ।

बगैंचाको तलपट्टि तिनाउ नदीमा पाइने ३६ प्रजातिका माछाका लागि छुट्टाछुट्टै कुण्ड (पोखरी) बनाएर राखिनेछ भने नदीमै स्वीमिङ र बोटिङ गराउने योजना पनि छ । ‘३–४ वर्षभित्र मुलुककै नमूना र सुन्दर बगैंचा बनाउने प्रण सहित काममा जुटेका छौं’–उद्यानका सचिव श्रेष्ठले भने–‘सबै संरचना बनेपछि यहां आएर एकछिन बस्दा स्वर्गीय आनन्द, शान्ति र शितलता मिल्ने छ ।’

बोटानिकल गार्डेन अन्तर्गत एक सय ८ पिपल र धारा, तिनाउ नदीमा जलवाटिका, नदि वारपार गर्न ३ वटा झोलुंगे पुल, नदि किनारै किनारमा पैदल हिंड्न करिब ३ किलोमिटर लामो ‘फुट ट्रेल’ र तल्लो सिद्धबाबा मन्दिरको माथि चौपारी डा“डामा भ्यूटावर निर्माण गरिने छ ।

सार्वजनिक, नीजि, साझेदारी (पीपीपी) मोडल अनुसार जतिसक्दो छिटो गुरुयोजना अनुसारका काम पूरा गरी उद्यानलाई देशकै रमणीय र नमूना बनाउने लक्ष्य रहेको अध्यक्ष बुद्धबहादुर थापा बताउंछन् । उद्यानलाई छिटो पूर्णता दिन संघ र प्रदेश सरकारले अर्को वर्ष वजेटमा बृद्धि गरिदिनुपर्ने अध्यक्ष थापाको माग छ ।

‘३–४ वर्ष भित्र काम पूरा गर्ने गरी वजेटको मात्रा बढाएर दिनुपर्छ भन्ने हाम्रो माग हो, आएको वजेट फ्रिज हुन दिन्नौं,काम गरेर देखाउंछौं’–शनिबार उद्यानमा पुगेका मुख्यमन्त्री शंकर पोखरेलसंग अध्यक्ष थापाले प्रतिवद्धता जनाए ।

यहा“ एक हजार भन्दा बढि प्रजातिका बोट बिरुवा रहेका र एक सयभन्दा बढी जडिबुटी मात्रै रहेका अध्यक्ष थापाकोे दावी छ । वनस्पति विभागले विभिन्न प्रजातिका विरुवामा लगाउन एउटाको एक हजार मूल्य पर्ने पित्तलको ट्याग बनाएर पठाएपनि तारबार र सुरक्षाको उचित व्यवस्था नहुंदा ट्याग लगाउन नसकिएको समितले जनाएको छ ।

वनस्पति उद्यानका लागि प्रदेश ५ सरकारले चालु आर्थिक वर्षमा ३० लाख रुपैयां वजेट विनियोजन गरेको छ ।

दक्षिण एशियाकै नमूना बनाउन सकिन्छः मुख्यमन्त्री पोखरेल

प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले दुईवटा सिद्धबाबा मन्दिर,तिनाउ नदी र जैविक एवं प्राकृतिक विविधतायुक्त क्षेत्र समेटेर बनाउन थालिएको बोटानिकल गार्डेनलाई जुओलोजिकल गार्डेन समेत जोडेर दक्षिण एशियाकै उत्कृष्ट र नमूना बनाउन सकिने सुझाव दिएका छन् ।

गार्डेनमा शनिबार विभिन्न प्रजातिका फूल रोप्न पुगेका मुख्यमन्त्री पोखरेलले सिद्धबाबा क्षेत्रको कुहिरे भीर र देशका अन्य स्थानका चट्टानहरु ल्याएर जुओलोजिकल गार्डेन यसैमा बनाउन सकिने बताए । ‘हामीकहां थरिथरिका चट्टानहरु छन्,ती सबैलाई यहां ल्याएर आकर्षक तरिकाले सजाएर राख्यौं भने चट्टान हेर्न पनि विदेशी पर्यटक आउंछन्’–उनले भने–‘बोटानिकल र जुओलोजिकल दुबै गार्डेन एकै ठाउं बनाउन सकियो भने यो दक्षिण एशियाकै नमूना हुन्छ ।’

मुख्यमन्त्री पोखरेलले जैविक विविधताको संरक्षणका लागि पानीको स्रोतको संरक्षण महत्वपूर्ण भएकाले वन क्षेत्रमा मानव निर्मित तालहरु बनाउन सुझाव दिए । प्रदेशको विकास र समृद्धिको दीर्घकालीन र दीगो आधार पर्यटन भएकाले प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर वजेट विनियोजन गरेको उनले स्मरण गराए ।

उनले बोटानिकल गार्डेनलाई नाम अनुसार काम गरेर देखाउन सुझाए ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?