Comments Add Comment

हरिहर अब ‘नायक ज्योतिष’, कृष्टिनसँग गर्दैछन् रोमान्स


हरिहर अधिकारीको नाम चर्चित यूवा ज्योतिषको रुपमा प्रख्यात छ । उनले, विदेशमा समेत थुप्रै अवार्ड जितिसकेका छन् । नेपाली चलचित्र क्षेत्रका थुप्रै कलाकारको भाग्यरेखा समेत उनले बदलिदिएका छन् ।

उनै, अधिकारीले चलचित्र ‘ए मेरो हजुर २’मा कथा लेखेर चलचित्र क्षेत्रप्रति पनि आफ्नो झुकाव प्रस्तुत गरेका थिए । उनै, अधिकारी अब भदौको दोश्रो साताबाट निर्माण हुन लागेको चलचित्र ‘शुभ लभ’बाट नायकको रुपमा चलचित्र क्षेत्रमा डेब्यू गर्ने तयारीमा छन् ।

यो चलचित्रमा हरिहरसँगै अन्य २ कलाकारले पनि डेब्यू गर्दैछन् । हरिहरसँगै सन् २०१७ कि ‘मिस टिन’ कृष्टिन पौडेल र डाक्टर सूर्य थापाले यो चलचित्रबाट डेब्यू गर्न लागेका हुन् । चलचित्रको प्रदर्शन मिति चैत्र १५ गतेलाई तोकिएको छ ।

बुद्ध इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रका प्रस्तुतकर्ता प्रदिपकुमार उदय हुन् । सन्तोष बाबु लोहरीले निर्देशन गर्न लागेको यो चलचित्रलाई कमेडी र लभस्टोरी कथामा निर्माण गर्ने बताइएको छ ।

चलचित्रमा सरोज खनाल, राजाराम पौडेल, रविन्द्र झा, प्रदिप बाँस्तोला लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ । प्रस्तुतकर्ता उदय विशेष भूमिकामा देखिदैछन् । कार्यक्रममा बोल्दै नायक अधिकारीले आफूलाई अब ‘नायक ज्योतिष’ भन्न आग्रह गरे । उनले, एउटा मानिसले सबै कुराको अनुभव गर्नुपर्ने भन्दै आफूले चलचित्रमा पनि हात हालेको बताए ।

यस्तै, डेब्यू नायिका कृष्टिन पौडेलले आफूलाई यसको कथावस्तु अत्यन्त मन परेकाले काम गर्न लागेको सुनाइन् । प्रस्तुतकर्ता प्रदिपकुमार उदयले करिब १ बर्ष लामो छलफलपछि चलचित्र घोषणा गरेको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment