Comments Add Comment

डिएभी कलेजमा पब्लिक स्पिकिङ र एम्सी ट्रेनिङ


६ साउन, काठमाडाैं । डिएभी कलेजले १४ दिनको पब्लिक स्पिकिङ्ग र एम्सी ट्रेनिङ गरेको छ । बिबिएस पहिलो वर्षका सम्पूर्ण विद्यार्थीहरूका लागि व्यवसायिक प्रशिक्षक तथा मिस नेपाल २००२ माल्भिका सुब्बाको प्रशिक्षणमा कार्यक्रम सञ्चालन भएको थियो ।

डिएभी कलेजका विद्यार्थीहरूका व्यवसायिक कौशल्तामा अझ तिक्ष्ण बनाउने उद्देश्यले आयोजना गरिने विभिन्न क्रियाकलापहरू मध्ये यस कार्यक्रम पनि एक रहेको बलेजले जनाएको छ ।

यस्ता कार्यक्रमहरूमा विद्यार्थीका सहभागीताले उनीहरूको सञ्चार सीपमा निखरता ल्याउने यसका साथ साथै प्रस्तुतीकरणमा अझ आत्मविश्वासको स्तर बृद्धि गराउने गराउो उसको विश्वास छ ।

कार्यक्रमको अन्तिम समारोह भव्यताका साथ प्रमुख अतिथि तथा निर्णायक फेसलिफ्टका सिईओ प्रभात रिमाल र व्यवसायिक प्रशिक्षक माल्भिका सुब्बाको आतिथ्यमा डिएभी कलेजको सुजाता हलमा भयो ।

कार्यक्रममा विद्यार्थीहरूलाई ६ समूहमा विभाजित गरि विद्यार्थीहरू स्वयमले कार्यक्रम स्क्रिप्ट तयार गरि आफ्नो भूमिका निर्वाह गर्न लगाएको थियो । जस्तै सौन्दर्य प्रतियोगिता देखि लिएर प्रोडक्ट लन्च जस्ता कार्यक्रमहरू प्रस्तुत गर्न लगाएको थियो ।

सहभागीहरूका उच्चारण, बोलाई, आत्मविश्वास, हाउभाउबाट व्यक्तिगत मूल्याङ्कन गरिएको थियो भने समूह मूल्याङ्कन अनुरूप समूहत्रिच हुने आपसी समन्वय हेरिएको थियो ।

पुरस्कारका शीर्षकहरूमा बेस्ट टीभीसी अवार्ड निरोज धिमाल, रोश्नी उदास, निकेश डंगोल र प्रार्थना सेन डंगोलले हात पारेका थि । त्यसैगरी बेस्ट इम्प्रुभ्ड अवार्ड अवार्ड मेलिना राई, बेक्ष्ट भीएलओजी अवाडृ रूबिन अवाले, बेस्ट न्युज रिडर सूर्वणा ढकालले प्राप्त गरेका थिए ।

यसको अतिरिक्त बेस्ट ग्रुप दिपिका श्रेष्ठ, साइमन तामाङ, लिधिया रार्इ, मार्था घोले र सायरा सिङले पाए ।

व्यक्तिगत मूल्याङ्कनबाट भने मार्था घोले र सायरा सिङ बिजेता, प्रार्थना सेन डंगोल र ज्योति थापा पहिलो रनर अप र सृष्टि महर्जन र अनिसा श्रीवास्तव दोस्रो रनर अपका उपाधिले सम्मानित भएका थिए ।

कार्यक्रमको सम्पूर्ण सहभागिहरूलाई प्रोत्साहन स्वरूप निर्णायकमण्डलले प्रशंसा पत्रले प्रदान गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment