+
+
Shares

साउनमा दिपकको ‘सोमबारे ब्रत’

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ७ गते ११:४८


हाँस्य कलाकार, निर्माता तथा चलचित्र लेखक दिपकराज गिरी आज एक बिहानै पशुपतिनाथको दर्शक गर्न पुगे । पहेलो बस्त्रमा दिपकराज पशुपति पुग्दा उनीसँग सेल्फी खिच्नका लागि उनका फ्यानहरुको राम्रै भीड देखियो ।

दिपक हरेक बर्षको साउनको सोमबारमा ब्रत बस्ने गर्दछन् । केही बर्ष अघिसम्म त उनी साउन, भदौ र असोजमा मासु खादैनथ्य । तर, अहिले उनी पूर्ण रुपमा शाहाकारी भएका छन् ।

दिपकले भने-‘अहिले त म पूर्ण शाहाकारी नै भएको छु । मदिरा भने साउन, भदौ र असोजमा छुन्नँ ।’ साउनको हरेक सोमबार उनी पशुपतिनाथको दर्शन गर्न पुग्ने गरेका छन् । तर, उनले भगवान्सँग केही पनि नमाग्ने बताए । भने-‘मैले भगवानसँग केही पनि माग्दिनँ । भगवान्ले आफै वुझ्नु हुन्छ भन्न लाग्छ ।’ उनी एक दशक भन्दा लामो समयदेखि शिवको भक्त समेत भएका छन् ।

कलाकार भएको नाताले पनि उनलाई सोमबार पशुपति पुग्दा लामो लाइन बस्नु पर्दैन । उनलाई भित्र मन्दिरसम्मकै त्यहाँ काम गर्ने कर्मचारीहरुले पुर्‍याइदिने गरेका छन् । पशुपति पुग्दा मन शान्त हुने उनको धारणा छ ।

तस्बिरः चन्द्रबहादुर आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?