७ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनमा भ्रष्टाचारको रोग देखिएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेता नेपालले कम्युनिस्ट आन्दोलनमा व्यक्तिवाद र भ्रष्टाचारको रोग देखिएको बताएका हुन् ।
सरकारले जनचाहनाअनुसार सुुशासन दिन नसकेको उनले बताए । नेता नेपालले भने, ‘७५३ स्थानीय तहमध्ये ४०० बढी ठाउँमा हामीलाई जिताएका छन् । अहिले गुनासो आइरहेको छ कि अधिकांश ठाउँमा भ्रष्टाचार भइरहेको छ ।’
पार्टीले गाउँदेखि प्रदेश र केन्द्रसम्म सुशासनको अनुभूति दिलाउन सक्नुपर्ने वरिष्ठ नेता नेपालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4