Comments Add Comment

नेप्से करिब १३ अंकले बढ्दा कारोबार रकममा अढाई करोडको गिरावट

७ साउन, काठमाडौं । सेयर बजारमा सोमबार सुधार देखिएको छ । केहिदिनदेखि लगातार ओरालो लागेको सेयर बजार साताको दोस्रो दिन सोमबार १२ दशमलव ८४ अंकले बढेर नेप्से परिसुचकमा सुधार आएका हो ।

सोमबार सबै इन्डेक्सहरु हरियाली देखिएका छन् । ११८१ दशमलव ४० अंकबाट शुरु भएको कारोबार १२ दशमलव ८४ अंकले उकालो लाग्दा नेप्से परिसुचक ११९४ दशमलव ५० पुगेर बन्द भएको छ ।

साताको पहिलो दिन आइतबार नेप्से परिसुचक ११ दशमलव ७३ अंकले ओरालो लागेको थियो ।

नेप्से परिसुचक बढे पनि कारोबार रकम भने राम्रो सुधार हुन सकेन । सोमबार २ हजार ८ सय ३९ वटा कारोबारमा ६ लाख ५८ हजार २ सय ९२ कित्ता सेयर किनबेच भएका छन् ।

जसमा १८ करोड ६५ लाख २६ हजार ५ सय ३५ रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार भने २१ करोड १२ लाख १३ हजार ८ सय २८ रुपैयाँ कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment