Comments Add Comment

टिपरको ठक्करको विरोधमा वीपी राजमार्ग बन्द, मुख्यमन्त्री पनि रोकिए

७ साउन, काभ्रे । बनेपामा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको विरोधमा स्थानीय वासिन्दाले वीपी राजमार्गको भकुण्डे खण्ड बन्द गराएका छन् ।

बनेपाको चारदोबाटोमा टिपरको ठक्करबाट मोटरसाइकल चालक नमोवुद्ध नगरपालिका-४, खनालथोकका ४८ वर्षीय जीतबहादुर तामाङको मृत्यु भएपछि स्थानीय वासिन्दाले काभ्रको धुलीखेलदेखि भकुण्डेसम्मको सडक बन्द गराएका हुन् ।

राजमार्ग बन्द हुँदा वीपी राजमार्ग हुँदै काठमाडौंतर्फ आइरहेका गाडीहरु भकुण्डेमा रोकिएको छ । सडक खुलाउन प्रयास भइरहेको काभ्रेका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।

वीपी राजमार्ग बन्द हुँदा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पनि रोकिएका छन् । सिन्धुलीमा कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनी मंगलटारमा रोकिएका हुन् । उनी इलाका प्रहरी कार्यालय मंगलटारमा बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment