७ साउन, काठमाडौं । नेपाली कांग्रेसलाई लासको राजनीति गर्न खोजेको आरोप लगाएका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले आफ्नो पृष्ठभूमि ख्याल गर्न सचेत गराएको छ ।
सोमबार दिउँसो पुष्पलाल स्मृति दिवसको कार्यक्रममा प्रचण्डले त्यस्तो आरोप लगाएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमार्फत प्रचण्डलाई आफ्नो व्यक्तित्व र पृष्ठभूमि हेर्न आग्रह गरेका हुन् ।
डा केसिले अनशन नबसेर
के बन्दुक उठाउनु पर्थ्यो कमरेड ?कांग्रेस माथिको प्रश्नमा केवल यति भनौं …
माथेमा कार्यदल कसले बनायो ? कसले ल्यायो अध्यादेश ?`लासको राजनीति´ आरोप लगाउनु अघि आफ्नो ब्यक्तित्वको उचाई र पृष्ठभुमि हेक्का राख्नुपर्थ्यो कि कमरेड !! @cmprachanda
— Bishwa Prakash शर्मा (@bishwaprakash77) July 23, 2018
प्रचण्डले अनसनरत डा. गोविन्द केसीको उपचारसमेत गर्न नदिएर कांग्रेसले लासको राजनीति गर्न खोजेको आरोप लगाएका थिए । जवाफमा कांग्रेस प्रवक्ता शर्माले लासको राजनीतिको आरोप लाउनुअघि आफ्नो व्यक्तित्वको उचाइ र पृष्ठभमि हेक्का राख्न आग्रह गरेका हुन् ।
पूर्वप्रधानमन्त्री रहिसकेका र विगतमा १० वर्ष सशस्त्र युद्धको नेतृत्व गरेका प्रचण्डलाई शर्माले भनेका छन् `लासको राजनीति´ आरोप लगाउनुअघि आफ्नो ब्यक्तित्वको उचाई र पृष्ठभूमि हेक्का राख्नुपर्थ्यो कि कमरेड !!’
शर्माले डा. केसीले अनसन नबसेर के बन्दुक उठाउनुपर्थ्यो कि भनेर पनि प्रश्न गरेका छन् ।
प्रतिक्रिया 4