Comments Add Comment

जथाभावी नबोल्न ओलीलाई रामचन्द्र पौडेलको चेतावनी

७ साउन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जथाभावी नबोल्न चेतावनी दिएको छ ।

विपक्षीलाई जथाभावी आरोप लगाएर सरकार चोखिन नसक्ने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

नेपाल महिला संघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पौडेलले भने, ‘प्रधानमन्त्री धेरै अत्तालिएर एजेण्डा विना कांग्रेसले आन्दोलन गर्‍यो जथाभावी आरोप लगाएर मात्र चोखिन सक्नुहुन्न । देशप्रति जवाफदेही हुनुपर्छ ।’
सरकार निरंकुशतातिर जान नपाओस् भनेर कांग्रेसले आन्दोलन गर्नुपरेको उनले बताए ।

पक्षपातको शासन सुरु भएको र कर्मचारी तन्त्रमा आतंक फैलाएको भन्दै पौडेलले सरकारप्रति नागरिक समाजमा असन्तुष्टि छाएको बताए । उनले भने, ‘सरकारले बल प्रयोग गरेर दबाउने होइन, सम्बोधन गर्नुपर्छ । वार्ता र सम्झौता गर्नुपर्छ ।’

लोकतन्त्रको बाटोमा अवरोध आउने काम सरकारबाट भए सैहृय नहुने पौडेलको चेतावनी थियो ।

यो पनि पढ्नुहोस् : 

प्रधानमन्त्रीको सम्बोधन : कांग्रेसको चर्को आलोचना, डा. केसीलाई बहसको निम्तो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment