Comments Add Comment

राष्ट्रियसभामा सांसदहरुबीच भनाभन, बैठक स्थगित


८ साउन, काठमाडौं । राष्ट्रियसभा बैठकमा मंगलबार संसदीय अभ्यासमा विरलै देखिने दृष्य देखियो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक प्रारम्भ भएको जानकारी गराउन नपाउदै सत्तापक्षका सांसदहरु उठे ।

लगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरु पनि उभिए । अध्यक्षले सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुलाई बस्न आग्रह गर्दै नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिए ।

त्यसपछि बसेका प्रतिपक्षी दलका सांसदहरु पनि उभिए । अध्यक्षको अनुमति विनानै दुवै पक्षका सांसदहरुबीच भनाभन सुरु भयो ।

प्रमुख प्रतिपक्षी दलका सांसदहरु उभिएर विरोध जनाइरहेका बेला बोलेका नेकपाका प्रमुख सचेतक भट्टराईले कार्यसूची अनुसार सदन चल्न दिनुपर्ने बताए । उनले बैठकमा समिति गठन गर्ने कार्यसूची रहेकाले त्यसलाई रोक्न नहुने भन्दै तत्काल कार्यसूचीमा प्रवेश गर्न माग गरे ।

भट्टराईले जबरजस्ती सदन रोक्न पाइदैन भन्ने अभिव्यक्ति राखेपछि फेरि कांग्रेसका सांसद सुरेन्द्र पाण्डे र सरिता प्रसाईले प्रतिकार गरे ।

अध्यक्ष बोल्दै गर्दा पनि सांसदहरु बोलिरहेपछि अध्यक्ष तिमिल्सिनाले आफूले बोल्दा बोल्न नमिल्ने भन्दै नियमावलीलाई स्मरण गराए ।

निकै समयपछि सत्तारुढ दलका सांसदहरु सिटमा बसे पनि प्रतिपक्षी दलका सदस्य उभिइरहेपछि अध्यक्षले बैठक साउन ९ गते बुधबार विहानसम्मका लागि स्थगित भएको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment