+
+
Shares

केसीको जीवनरक्षा माग गर्दै तरुण दलको प्रदर्शन

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७५ साउन ८ गते १६:५२

८ साउन, काठमाडौं । डा. गोविन्द केसीको जीवन रक्षा गर्नुपर्नेलगायतका विभिन्न माग राखेर नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले काठमाडौंमा प्रदर्शन गरेको छ ।

मंगलबार तरुण दलको काठमाडौं, भक्तपुर र ललितपुर समितिले विभिन्न माग राख्दै माइतीघरदेखि नयाँ वानेश्वरसँग प्रदर्शन गरेका हुन् ।

तरुण दलले कांग्रेस नेतृत्वकै सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेश संसदमा ल्याउनुपर्ने, डा. गोविन्द केसीको जीवनरक्षा गर्नुपर्ने, इन्टरनेटमा बढाएको कर मिनाहा गर्नुपर्ने लगायतका माग राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?