Comments Add Comment

बाढी पीडितको तीन करोड ८९ लाख वजेट फ्रिज

पीडितले घेरे गाउँपालिका

८ साउन, विराटनगर । स्थानीय तहमा बाढी पीडितका लागि आएको ३ करोड ८९ लाख २५ हजार फ्रिज भएको छ ।

कटहरी गाउँपालिकाका एक हजार ५ सय बाढी पीडित परिवारका लागि आएको रकम फ्रिज भएको हो ।

गृह मन्त्रालयबाट निकासा भएको सो रकम आर्थिक वर्ष गृह मन्त्रालयबाट निकासा भएको रकम जिल्ला प्रशासन कार्यालयमार्फत वितरणका लागि निकासा गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायले यसै आर्थिक वर्षभित्र वितरण गर्नुपर्ने रकम समयमै वितरण नहुँदा बाढी पीडितका लागि आएको रकम फ्रिज भएको जानकारी दिए ।

उनले कटहरी गाउँपालिकालाई पटकपटक रकम वितरण गर्न ताकेता गरेपनि बेवास्था गर्दा रकम फिर्ता भएको बताए ।

उनले गएको माघ महिनामा बाढी पीडितका लागि सो रकम निकासा भएको जानकारी बताए ।

कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले बाढी पीडितको रकम आर्थिक वर्षभित्र वितरण गरिसक्नु पर्ने बारेमा जानकारी नहुँदा रकम फ्रिज भएको जानकारी दिए ।

कटहरी गाउपालिकाकका बाढी पीडितलाई रकम वितरण नगरपछि स्थानीयहरुले सोमवार गाउँपालिका घेराउसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment