Comments Add Comment

‘कथा काठमाडौं’ को अश्लिल दृष्यमा प्रियंकालाई गालीको वर्षा

हालै आफ्ना प्रेमी आयूष्मान देशराजसँग ईंगेजमेन्ट गरेकी नायिका प्रियंका कार्कीले फिल्म ‘कथा काठमाडौं’ को एउटा गीतमा भल्गर सिन दिएकी छन् । यसबाट उनले चर्को आलोचना खेप्नु परेको छ ।

दोस्रो विवाहको तयारीमा रहेकी नायिकाले नायक प्रमोद अग्रहरीसँग दिएको अन्तरंग दृष्य नेपाली दर्शकले सहजै पचाउने खालको छैन । यूट्यूवले समेत यो गीत ‘केही प्रयोगकर्ताहरुका लागि अनुपयुक्त’ रहेको भन्दै उमेर कन्र्फम गरेर मात्रै हेर्न सकिने बनाएको छ । अश्लिल र आपत्तिजनक खालका भिडियोहरुमा यूट्यूवले यस्तो गर्छ ।

यूट्यूवमा गीतमाथि थुप्रै नकारात्मक प्रतिक्रियाहरु आएका छन् । ती प्रतिक्रियाहरु बढि पि्रयंकामाथि नै फोकस छन् । धेरैले उनलाई अश्लिल गाली गरेका छन् । कतिपयले पोर्न फिल्ममा जान सुझाव दिएका छन् । साथै उनको प्रेमी आयूष्मानप्रति सहानुभूति दर्शाउनेहरु पनि छन् ।

राधा क्षेत्री लेख्छिन्ः यस्तो अश्लिल भिडियोलाई के भन्नु । जति इज्जतले प्रियंका दिदी भन्न मन लाग्थ्यो, तर आज यो भिडियोमा देखेर रुन मन लाग्यो । दिजु हजुरले किन यस्तो भिडियो गर्नुभयो । हजुरलाई नचिन्ने यो देशमा को थियो होला र दिजु म जस्तै अरु पनि रोए होला ।’

शंकर मोक्तान लेख्छन्ः कथा नै यस्तो भएकोले हो कि बनाउन नजानेको हो । गिद्दले सिनो लुछेको झैं लाग्छ ।

भीआईपी नेपालले लेखेका छन्ः यति भएपछि पोर्न हब नेपालमा किन चाहियो र ?

आश्मा रिमालले लेखकी छन्ः म प्रियंका दिदीको ठूलो फ्यान हो । यो भिडियो हेर्दा मलाई सारो नराम्रो लाग्यो । तर, यो भिडियोमा प्रियंका दिदी मात्र होइन केटा पनि छ । उसलाई कसैले किन केही नभनेको होला ?

विवेक गौतमले लेखेका छन्ः प्रियंकाजी यो तपाईंको पब्लिसिटी स्टन्ट हो कि के हो ? यो हाम्रो समाजले पचाउन सक्ने भन्दा अति बढि छ । एउटा नेपाली चलचित्रप्रेमीको रुपमा मलाई लाग्छ कि यस्तो प्रकारको सिन एकदम अनावश्यक छ । यदि तपाईंको फिल्मको स्क्रिप्ट र पि्रजेन्टेसन राम्रो छ भने ।

साथै प्रियंकाको बचाउ गर्नेहरुको पनि कमि छैन । उनको बचाउ गर्नेहरुले कथाको मागअनुसार यो सिन खिचिएको हुनुपर्ने तर्क गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment