Comments Add Comment

के झरनाले ‘झिल्के’ पैसाका लागि मात्र खेलेकी थिइन् ?


नेपाली चलचित्र क्षेत्रमा एक सफल नायिकाको रुपमा चिनिन्छिन्, झरना थापा । उनले अभिनय गरेका थुप्रै चलचित्र हिट छन् । अहिले त उनी निर्देशक समेत भैसकेकी छिन् । ‘ए मेरो हजुर २’ जस्तो सफल चलचित्रकी निर्देशक समेत हुन् झरना ।

उनै, झरनाले अभिनय गरेको चलचित्र ‘झिल्के’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलर निकै कमजोर छ । ट्रेलरमा नायिका थापाको आवाज अर्कै कलाकारले डब गरेकी छिन् । चलचित्रको ट्रेलर हेर्दा नै नायिका थापाले ‘झिल्के’ पैसाको लागि मात्र खेलेको प्रष्ट हुन्छ ।

फितलो संवाद, कमजोर छायांकनले ट्रेलरलाई झनै कमजोर बनाएको छ । नायिका थापा बाहेक चलचित्रमा अन्य कलाकार नयाँ छन् । \ लाखमान योञ्जनले यो चलचित्रको निर्देशन गरेका हुन् । यो चलचित्रको ट्रेलर सार्वजनिक भएपछि नायिका थापाले किन यसमा काम गरिन् भनेर उनका फ्यानले प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment