Comments Add Comment

करिब ५ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

९ साउन, काठमाडौं । बुधबार फेरी सेयर बजारमा करिब ५ अंकले गिरावट देखिएको छ । १ हजार १ सय ९९ दशमलव ३० अंकबाट शुरु भएको कारोबार ४ दशमलव ९२ अंकले घटेर नेप्से परिसुचक १ हजार १ सय ९४ दशमलव ३५ अंकमा कायम भएको छ ।

मंगलबार भने सेयर बजार ४ दशमलव ७७ अंकले घट्दा नेप्से परिसुचक १ हजार १ सय ९९ दशमलव २७ अंकमा पुगेर कारोबार बन्द भएको थियो ।

नेप्से परिसुचकसँगै सोमबार कारोबार रकममा समेत गिरावट आएको छ । दिनभरिमा १ सय ६८ वटा कम्पनीको ६ लाख २९ हजार सात सय १७ कित्ता सेयर किनबेच भए ।

बुधबार जम्मा १६ करोड ६१ लाख ६७ हजार ४ सय ३० रुपैयाँको मात्रै कारोबार भएको छ । मंगलबार २९ करोड ४१ लाख ८२ हजार ३ सय ४८ रुपैयाँको सेयर कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment