Comments Add Comment

सुन्नै नसकिने दियाले के बोलिन् यस्तो ?


नायिका दिया मास्के सालिन नायिका हुन् । नेपाली फिल्म उद्योगकी यी चर्तित नायिकाले बोलेका केही अश्लिल शब्दका कारण यतिबेला सामाजिक सञ्जालमा उनी भाइरल भइरहेका छन् ।

हिमालय टेलिभिजनबाट प्रसारण हुन लागेको रियालिटी सो ‘हिमालय रोडिज’मा जज बनेकी यी नायिकाले एक महिला प्रतिस्पर्धीसँग गरेको सम्बादका कारण यतिबेला उनी चर्चामा छिन् ।

युट्युबमा राखिएको हिमालय रोडिजको दोस्रो सिजनको प्रोमोमा नायिका दियाको आक्रोश यति बढेको देखिन्छ कि, कार्यक्रम निर्देशकले दर्जनौंपटक उनको आवाजमा बिप हान्नुपर्ने अबस्था आएको छ ।

साउन १४ गते सोमबारदेखि प्रसारण हुने हिमालय रोडिजको दोस्रो सिजनमा यी बिबादित जज मास्केसँगै जजहरु लाउरे र रेमनदास श्रेष्ठका पनि बिभिन्न बिबादित हर्कत देख्न सकिन्छ ।

युवाहरु द्दारा निकै नै मनपराइएको यो एड्भेन्चर रियालीटी शो भारत लगायत दक्षिण एसियाको प्रख्यात रीयालीटी शो एम टि भी रोडिजको प|mेन्चाइज हो जसमा अठार श्रृंखला प्रशारण हुनेछन् ।

हिमालय रोडिजको बिजेताले बिस लाख रुपयाँ नगद र यामाहा एफ जेड्- २५० सीसी मोटर साइकल प्राप्त गर्नेछन । हरेक साताको सोमबार साँझ आठ बजेदेखि यो श्रृंखला हिमालय टेलीभिजनमा प्रशारण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment