Comments Add Comment

द्रौपदी बाट भएका पाँच गल्ती, जसका कारण मच्चियो महाभारत

महाभारतकी एक प्रमुख पात्र हुन् द्रौपदी । पाञ्चाली एवं कृष्णाका नामले समेत चिनिने द्रौपदी पाञ्चालराज द्रुपदकी अयोनिजा पुत्री हुन् ।

उनको जीवन एवं चरित्रलाई बुझ्न निकै कठिन छ । द्रौपदीको बहुआयामिक चरित्र नै यसरी निर्माण गरिएको छ कि तत्कालीन समाजमा उनलाई बुझ्ने व्यक्ति सके आफैं पनि त्यस्तै रहस्यमयी कृष्ण मात्रै थिए सायद । कृष्ण द्रौपदीलाई सखी भनेर सम्बोधन गर्थिन् भने द्रौपदी श्रीकृष्णकी मित्र थिइन् । मित्रले मात्र मित्रलाई राम्रोसँग बुझ्नसक्छ । यहाँ द्रौपदीको बहुआयामिक पक्षलाई उधिनेर त्यसको चर्चा गर्न खोजिएको छैन ।

यहाँ त द्रौपदीबाट भएका पाँचवटा गल्तीको चर्चा गरिएको छ जसका कारण महाभारतको युद्ध भयो । उनका ती व्यवहारका कारणले महाभारतको कहानी नै परिवर्तन भयो । द्रौपदीले ती गल्ती नगरेका भए सम्भवतः आज अर्कै इतिहास हुन्थ्यो, महाभारतको कथा नै अर्कै हुनसक्थ्यो ।
हेरौँ, के के छन् द्रौपदीका पाँच गल्ती

१) स्वयंवरमा कर्णको अपमान गर्नु

द्रौपदी कर्णलाई चाहन्थिन् तर जब उनलाई थाहा भयो कि कर्ण त सूतपुत्र हुन्, उनले आफ्नो इरादा बदलिन् । पहिलो कुरा त कर्णलाई सूतपुत्र भनेर स्वयंवर प्रतियोगितामा भाग लिन दिइएन, अर्को कुरा कर्णलाई निकै नराम्रोसँग अपमानित गरियो ।

द्रौपदीले त्यसो नगरेकी भए परिणाम अर्कै हुनसक्थ्यो । हुन त द्रौपदी का पिता द्रुपदले द्रोणाचार्यलाई मार्ने प्रतिज्ञा गरेका थिए र त्यसैका लागि अग्निकुण्डबाट द्रौपदीसँगै धृष्टद्युम्न नामक पुत्र उत्पन्न गरेका थिए । द्रोणाचार्यको वध अर्जुन बाहेक अरुले गर्न सक्दैनन् भन्ने द्रुपदलाई लागेको थियो । तसर्थ उनी छोरीको विवाह अर्जुनसँग गराउन चाहन्थे ।

यसका अतिरिक्त कृष्ण पनि शक्ति सन्तुलनका लागि अथवा भनौं आफूअनुकूलको नतिजाका लागि द्रुपद र पाण्डवको मेल गराउन चाहन्थे । यिनै विविध कारणले गर्दा द्रौपदीले कर्णको अपमान गरेर आफ्नो  प्रेमभावलाई दबाएकी थिइन् जुन महाभारत युद्ध हुनुको एक कारण बन्न पुग्यो ।

२) पाँचै पाण्डवको पत्नी हुन स्वीकार गर्नु

अर्जुनले स्वयंवरको प्रतियोगिता जितेका थिए । तसर्थ नियमअनुसार द्रौपदी अर्जुनकी पत्नी हुन्थिन् । तर, तत्कालीन विशेष परिस्थितिमा द्रौपदीलाई पाँचै पाण्डवको पत्नी बन्न प्रेरित गरियो । द्रौपदीले पाँचै पाण्डवको पत्नी बन्न स्वीकार नगरेकी भए आज इतिहास अर्कै हुनसक्थ्यो ।

द्रौपदी ले कुन्तीको आदेश, युधिष्ठिर चाहना, वेद व्यासको प्रेरणा तथा कृष्णको अनुशंसाका कारण पाँचै पाण्डवसँग विवाह गर्न स्वीकार गरेकी थिइन् ।

३) दुर्योधनको अपमान

द्रौपदीले इन्ऽप्रस्थमा युधिष्ठिरको राज्याभिषेकका समयमा दुर्योधनलाई व्यंग्य गरेकी थिइन् । उनले त्यतिबेला भनेकी थिइन्, अन्धाको छोरो अन्धो ।
यही कुरा दुर्योधनको मनमा तीरजसरी गाडिएर बस्यो । यही अपमानरूपी तीर निकाल्नका लागि दुर्योधनले द्यूतक्रीडा वा जुवाको आयोजन गरी आफ्नो मामा शकुनीको सहायताले पाण्डवहरूलाई हराएनन् मात्र, पाण्डवहरूलाई द्रौपदीलाई समेत दाउमा थाप्न लगाए ।
फलस्वरूप द्रौपदीको चीरहरण गर्ने प्रयास भयो । यही घटना नै पछि महाभारत युद्धको मूल कारण बन्नपुग्यो ।

४) युद्धका लागि प्रेरित गर्नु

आफ्नो चीरहरणपछि द्रौपदीले पाण्डवहरूलाई भनिन्, तिमीहरूले दुर्योधन तथा त्यसका भाइहरूलाई मारेर मेरो अपमानको बदला लिन सकेनौ भने धिक्कार छ तिमीहरूलाई । अब मेरो कपाल त्यति बेलासम्म खुला रहन्छ अर्थात् म त्यति बेलासम्म जुरो बाँध्दिन जबसम्म दुःशासनको रगतले मेरो कपाल धुँदिन ।

चीरहरणको प्रयास भएका बेला द्रौपदी रजस्वला भएकीले एकवस्त्रा थिइन् । त्यस्तो अवस्थामा नारी जातिमाथि त्यो किसिमको व्यवहार अति नै अशोभनीय थियो । यस्तैमा भीमसेनले प्रतिज्ञा गरे, म द्रौपदीलाई यहाँ आएर बस भनी तिघ्रा देखाउने दुर्योधनको तिघ्रा गदा हानेर भाँच्नेछु अनि दुःशासनको छाती चिरेर उसको रक्तपान गर्नेछु ।

यसैगरी चीरहरणका दौरान कर्णले द्रौपदीलाई बचाउनुको साटो भनेका थिए,र् जो स्त्री पाँचजना पतिहरूसँग रहन्छे, उसको मान के अपमान के ? यो त वेश्या झैं भएन र !’ यो कुराले द्रौपदीलाई भित्रैसम्म घोच्यो, उनी घायल नागिनी झैं भइन् । उनले यही कुरा सुनाएर हरेक समय कर्णलाई मार्नुपर्छ भन्दै अर्जुनलाई उक्साइरहिन् ।

५) जयद्रथलाई क्षमादान दिनु

जब पाण्डवहरू वनवासको सजाय भोगिरहेका थिए, त्यही समय दुर्योधनका ज्वाइँ जयऽथको कुदृष्टि द्रौपदीमाथि पर्‍यो । उसले एक्लो अवस्थामा फेला पारेर द्रौपदी लाई जबरजस्ती रथमा राखेर लिइहिँड्यो । तर पाण्डवहरू समयमै आइपुगे र द्रौपदीलाई जोगाए ।

पाण्डवहरूले अनीतिको मार्गमा हिँड्ने दुस्साहसी जयद्रथलाई समाते । उनीहरू जयऽथलाई त्यहीँ नै मारिदिन चाहन्थे तर द्रौपदीले पाण्डवहरूलाई त्यसो गर्न दिइनन् । यो पनि द्रौपदीको ठूलो गल्ती ठहरियो । द्रौपदीको सल्लाहअनुसार पाण्डवहरूले जयऽथलाई चारपाटे मुडेर घोर अपमान गरे । जयऽथ अरूलाई अनुहार देखाउन नसक्ने अवस्थामा पुग्यो र उसले त्यहाँबाट आफ्नो नो राज्यतर्फ नगई जंगलमा बसेर तपस्या गर्न थाल्यो ।

उसले भगवान् शिवबाट एक दिनको युद्धमा अर्जुनबाहेक चार भाइ पाण्डवलाई हराउनसक्ने वरदान प्राप्त गर्‍यो । ऊ आफ्नो अपमानको बदला लिन चक्रव्यूहमा फसेको अर्जुनपुत्र अभिमन्युको मृत्युको प्रमुख कारण बन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment