+
+
Shares

प्रतिनिधिसभा विघटन विरुद्धको सुनुवाइमा न्यायाधीशहरूको आग्रह : अन्तरिम आदेशबारे बहस केन्द्रित गर्नुहोस्

न्यायाधीश कुमार रेग्मीले भनेका छन्, ‘अन्तरिम आदेशमा निर्वाचन पनि नगर भन्ने ? त्यसो हो भने सबै ठप्प हुने भयो । ठप्प भएर मुलुक चल्छ ?’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते १२:५६

१२ कात्तिक, काठमाडौं । संवैधानिक इजलासमा रहेका न्यायाधीशहरूले प्रतिनिधिसभा विघटन विरुद्धको सुनुवाइमा अन्तरिम आदेशबारे बहस केन्द्रित गर्न आग्रह गरेका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ। अधिवक्ता प्रेमराज सिलवाल र वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले बहस गरिसकेका छन् ।

बहसका क्रममा न्यायाधीशहरूले कानून व्यवसायीहरूलाई अन्तरिम आदेशबारे बहस केन्द्रित गर्न भनेका हुन् ।

न्यायाधीश कुमार रेग्मीले भनेका छन्, ‘अन्तरिम आदेशमा निर्वाचन पनि नगर भन्ने ? त्यसो हो भने सबै ठप्प हुनेभयो । ठप्प भएर मुलुक चल्छ ?’

न्यायाधीश सपना प्रधान मल्लले इजलासबाट सोधेकी छिन्, ‘अन्तरिम आदेश जारी हुन पर्ने कि नपर्ने ? पर्ने भए के-के विषयमा अन्तरिम आदेश दिने ?’

अरू न्यायाधीशहरुले पनि यही प्रश्न गरेका छन् ।

संवैधानिक इजलासबाट बारम्बार अन्तरिम आदेशबारे बहस केन्द्रित गर्न भनिएको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र मनोजकुमार शर्मा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?