News Summary
Generated by OK AI. Editorially reviewed.- वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा संविधानमा थप क्षति हुन नदिन दुई विषयमा अन्तरिम आदेश मागेका छन्।
- उनले पहिलोमा संवैधानिक प्रावधान विपरीतका काम नगर्न र दोस्रोमा दुरगामी असर पर्ने काम नगर्न अन्तरिम आदेश दिनुपर्ने बताए।
- उनले वर्तमान सरकार अन्तरिम भएकाले निर्वाचन गराउनु मात्र कार्य भएकाले दूरगामी असर पर्ने काम गर्नबाट रोक्नुपर्ने आग्रह गरे।
१२ कात्तिक, काठमाडौं। वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा दुई विषयमा अन्तरिम आदेश मागेका छन् ।
बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि बहस गर्दै उनले संविधानमा थप क्षति हुन नदिन दुईवटा विषयमा ‘स्पेसिफिक’ अन्तरिम आदेश जारी हुनुपर्ने माग गरेका हुन् ।
पहिलो : संवैधानिक प्रावधान विपरीतका काम-कारबाही नगर्नू/नगराउनू।
दोस्रो : दूरगामी असर पर्ने कुनै पनि काम-कारबाही नगर्नू/नगराउनू ।
यो आदेश सरकारलाई दिइनुपर्ने उनको माग छ । वर्तमान सरकार अन्तरिम सरकार भएकाले यसको एक मात्र कार्य प्रतिनिधिसभाको निर्वाचन गराउनु तोकिएकाले दूरगामी असर पर्ने काम गर्नबाट रोक्नुपर्ने उनको आग्रह छ ।
सरकार गठनको वैधताको प्रश्न प्रारम्भिक भएकाले यो निरुपण नभएसम्म असंवैधानिक सरकारले निर्वाचन गराउन नसक्ने र मुलुकलाई द्विविधामा राख्न नहुने हुनाले इजलासले गम्भीरतापूर्वक समय तोकेर आदेश दिनुपर्ने उनको आग्रह छ ।
प्रतिक्रिया 4