+
+
Shares

काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुलीमा खस्यो, १८ जनाको उद्दार

सुवास पण्डित सुवास पण्डित
२०७५ साउन ११ गते १२:३६
घाइतेको उद्दार गर्दै सुरक्षाकर्मी र स्थानीयवासी ।

११ साउन, चितवन । काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदीमा खसेको छ ।

शुक्रबार दिउँसो चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा करिब १ सय मिटर तल बस खसेको हो ।

दुर्घटनामा परेको ना६ख २५०६ नम्बरको बस नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

१८ जना घाइतेको उद्दार गरी उपचारका लागि भरतपुर ल्याउन लागिएको  जिल्ला प्रहरी कार्यलाय चितवनका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठाैरले जानकारी दिए ।

च्यापिएका केहीको उद्दार भइरहेको उनको भनाइ छ । बसमा ३२ जना यात्रु सवार रहेको एसपी राठौरले  बताए । 

प्रत्यक्षदर्शीका अनुसार सडकको कुनाबाट धोएर निकाल्दै गरेको ना५ख ७४०९ नम्बरको ट्रकसँग ठोक्किएपछि बस त्रिशुलीमा खसेको थियो । 

 

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?