Comments Add Comment

अपडेटः त्रिशुलीमा बस खस्दा ५ को मृत्यु, २३ जना घाइते

११ साउन,चितवन । काठमाडाैंबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदी किनारमा खस्दा ५ जनाको मृत्यु भएको छ भने २३ जना यात्रु घाइते भएका छन् ।

ना६ख २५०६ नम्बरको बस खानीखोलाबाट धोएर सकडमा निकाल्दै गरेको ना५ख ७४०९ नम्बरको ट्रकसँग इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा मध्यान्ह१२ बजे ठोक्किएपछि करिब सय मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो ।

मृत्यु हुनेमा तीन जना पुरुष र दुई महिला रहेका छन् । एक बालकको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइते २३ जनालाई उद्दार गरी चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचारका लागि पठाइएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिए ।

घाइतेहरु सवैको उद्दार भइसकेको पनि प्रहरीले बताएको छ । घटनालगत्तै चितवनको कुरिनटारमा रहेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम केन्द्रका सशस्त्र प्रहरी, नेपाल प्रहरी उद्दारमा खटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment