Comments Add Comment

कलंकी-नागढुंगाको हिलाम्मे सडकमा मन्त्री महासेठको अनुगमन


१२ साउन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । यो सडक खण्ड अहिले हिल्लाम्मे मात्रै छैन, खाल्डोहरुका कारण कष्ठप्रद पनि छ ।

मन्त्री महासेठले एक महिनाभित्र सडक विस्तारले गति नलिए ठेक्का सम्झौता तोड्ने चेतावनी दिएका छन् ।

शनिबार सडक विभागका अधिकारी र ठेकेदार कम्पनी सैलुङ कन्स्ट्रक्सनका प्रतिनिधिसहित अनुगमनमा पुगेका मन्त्री महासेठले सडकको चौडाइ घटाएरै भए पनि आवागमन सहज बनाउने दाबी गरे । ठेकेदारको कामप्रति असन्तुष्टि जनाउँदै उनले जनतालाई राहत हुने काम नगरे कारबाही गर्ने चेतावनी दिए ।

सँगै रहेका सैलुङ कम्पनीका प्रतिनिधि नवराज सुवेदीले भने भदौभित्र सडक सुधार असम्भव रहेको बताए ।

सडक विभागले ठेक्काको म्याद थप गरेको छ । तर, मन्त्री महासेठले यसबारे अनभिज्ञता प्रकट गरे । यो सडक विभागको जिम्मेवारी भएको उनले बताए ।

कम्पनी सैलुङ कन्स्ट्रक्सनले ठेक्का सम्झौता भएको चार बर्ष वितिसक्दा पनि ४० प्रतिशत काम गरेको छ । सडक खण्डमा पर्ने दुई पुलको टेन्ड समेत भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment