+
+
Shares

अछाममा जातीय छुवाछुत अन्त्यको जिम्मा गैरदलितलाई

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १३ गते १५:५३

१३ साउन, अछाम । रामारोशन गाउँपालिकाले जातीय छुवाछुतको अन्त्य गर्ने जिम्मा गैरदलितलाई दिने निर्णय गरेको छ ।

दलितहरुकै अभियानबाट जातीय छुवाछुतको अन्त्य हुन नसकेको निश्कर्ष निकाल्दै जातीय विभेद अन्त्यको काम ब्राहृमण, क्षेत्रीहरुको जिम्मा लगाउन लागिएको गाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउँद (भास्कर)ले बताए ।

छुवाछुतको अन्त्यको लागि आवश्यक वजेटसमेत गाउँसभाबाट पारित भइसकेको उनले बताए । एकै वडामा बसोवास गर्ने गैरदलित र दलित परिवार बीचमा नाता गासेर जातीय छुवाछुतलाई अन्त्यको अभियानमा रहेको गाउँपालिकाका अध्यक्ष साउँदे बताए । ‘अबतल्लो र माथिल्लो जातमा होइन कि दाइभाई, आमाबुवा, दिदीबिहिनीको व्यवहार गर्ने परिकल्पना गरेका छौं ।’

जातीय विभेदको अन्त्यको निमित्त योजना तथा वजेट उपल्लो जातका व्यक्तिहरुबाट कार्यान्वयन गरिने अध्यक्ष साउँदको भनाइ छ । साउँदले भने- ‘लामो समयदेखि दलित-दलित मात्र भन्यौ तर कथित माथिल्लो जातलाई छुवाछुतविरुद्ध कहिल्यै सहभागी गराएनौं ।’

गाउँपालिकामा छाउपडी प्रथा, कुरिती अन्त्यका निमित्त ‘छाउपडी घर, देउता पर’ अभियानका साथ घरका देउतालाई मन्दिर निर्माण गरेर बाहिर राख्ने र महिनावारी भएका महिला तथा किशोरीहरुलाई घरमै राख्ने अभियान सुरु भएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?