Comments Add Comment

‘मिस्टर भर्जिन’ ट्रेलर, मरिष्काको यस्तो अवतार


तीन यूवाको यौन मनोविज्ञानको कथालाई उठान गरेको चलचित्र ‘मिस्टर भर्जिन’ को ट्रेलर रिलिज भएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको रमाइलो ट्रेलर सार्वजनिक गरिएको हो । वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा भोलाराज सापकोटा, विजय बराल, गौरव पहारि, मरिष्का पोख्रेल, कमलमणी नेपाल, रविन्द्र झा, श्रृजना सुब्बा लगायतका कलाकारको चलचित्रमा मुख्य भूमिका छ ।

चलचित्रमा सोझी यूवतीको भूमिकामा देखिदै आएकी नायिका मरिष्का पोखरेल यसपटक भने यो चलचित्रमा ‘कल गर्ल’को भूमिकामा देखिएकी छिन् । खिलेन्द्र तिमिल्सिना, मुकेश रेग्मी, प्रजापति सिवाकोटी, विशारद बस्नेतको यसमा लगानी छ । दीपकमान सिंहको नृत्य निर्देशन रहेको चलचित्रमा रामेश्वर कार्कीको छायांकन, महेश दवाडीको संवाद छ । चलचित्रको ट्रेलरमा दुई अर्थ लाग्ने शब्दको भरपुर प्रयोग गरिएको छ ।

यो चलचित्र भदौ १ गतेबाट नेपालभर रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment