Comments Add Comment

सिवानी भन्छिन्-‘बाहिर बोल्ड, तर फिल्ममा इनोसेन्ट छु’


साउन २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कही कतै’लाई लिएर यसकी नव-नायिका सिवानी गिरी उत्साहित छिन् । चलचित्रमा उनको साथमा नव-कलाकार सोनम बरफुङ्गपा, उमा बेबी, किशोर खतिवडा मुख्य भूमिकामा छन् । सविर श्रेष्ठले चलचित्रको निर्देशन गरेका हुन् । सिवानी र सोनम आफूहरुको चलचित्र यात्रा सुखद हुनेमा विश्वस्त छन् ।

सिवानीले चलचित्र क्षेत्रमा आउनु आफ्नो सपना भएको बताइन. । उनले भनिन्-‘मलाई सानैदेखि नायिका बन्ने चाहना थियो । ममी यही क्षेत्रमा भएकाले प्रवेश गर्न गाह्रो भएन । तर, अब आफ्नो प्रतिभालाई निखार्दै अगाडि बढ्छु ।’

सिवानीले आफ्नै ब्यानरबाट चलचित्र क्षेत्रमा डेब्यू गरेपनि दर्शकले भने ब्यानरभन्दा पनि काम हेर्ने दाबी गरिन् । यो चलचित्रमा आफू इनोसेन्ट यूवतीको भूमिकामा रहेको उनको भनाई छ । बाहिर दुनियाँमा बोल्ड भएर हिड्न रुचाउने सिवानी आफूले शतप्रतिशत काम गरेको बताउँछिन् ।

यो चलचित्रबाट नव-कलाकार सोनम पनि आशावादी देखिए । सिक्किममा चलचित्र प्रदर्शनबाट पाएको प्रतिक्रियाले आफू झनै हौसिएको सोनमको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment