Comments Add Comment

वैशाखयता विपदबाट साढे ४ सयको मृत्यु

१४ साउन, काठमाडौं । चार महिनामा विपद्का घटनाबाट मुलुकभर ४ सय ५५ जनाको ज्यान गएको छ ।

गृह मन्त्रालयका अनुसार २०७५ वैशाख १ गतेदेखि यही साउन १२ सम्म डुबेर, आगलागी, डुंगा सवार, बाढी, पहिरो, लेक लाग्नु, चट्याङलगायत विपद्का घटनाबाट मृत्यु भएको हो ।

मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख शङ्करहरि आचार्यका अनुसार सो अवधिमा डुबेर २ सय ७२, डुंगा पल्टिएर एक, आगालागीबाट १०, बाढीबाट २८, पहिरोबाट ४३, वर्षात्बाट सात, लेक लाग्नुबाट १२ र चट्याङबाट ४० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ सय ९ पुरुष र १ सय ४६ महिला छन् ।

यस्तै विपद्का घटनामा परी ७२ जना बेपत्ता हुनाका साथै दुई हजार २३० जना घाइते भएका छन् । साथै तीन हजार ७ सय ७५ घर प्रभावित र २०१ गोठमा क्षति पुगेको छ ।

यस वर्ष विपदबाट मात्र मुलुकमा एक अर्ब ९४ करोड ८४ लाख १८ हजार रुपैयाँको क्षति पुगेको मन्त्रालयले जनाएको छ । गत वर्ष विपदमा परी देशभर ५ सय ९७ जनाको ज्यान गएको थियो जसमा ३ सय ५७ पुरुष र २ सय ४० महिला थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment