१४ साउन, विराटनगर । प्रदेश १ मा प्राकृतिक प्रकोपमा परी ७ वर्षमा परी ७२६ जनाको मृत्यु भएको छ । १७ जना वेपत्ता भएका छन् भने एक हजार ९९ जना घाइते भएका छन् ।
विराटनगरमा सोमबार आयोजित विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन विषयक प्रदेशस्तरीय कार्यक्रममा गृहमन्त्रालयले प्रस्तुत गरेको तथ्याङक अनुसार सबैभन्दा बढी ०७४ सालमा १४६ जनाको मृत्यु भएको छ । १४२ जना वेपत्ता भएका छन् भने १९९ जना घाइते भएका छन् ।
०६८ मा ९२ जनाका मृत्यु, १९ जना वेपत्ता र १०३ जना घाइते भएका छन् । ०६९ मा ८१ जनाको मृत्यु, ९ जना वेपत्ता र ८५ घाइते भएका छन् । ०७० सालमा ७० को मृत्यु, ५० वेपत्ता र ६४ जना घाइते भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।
यस्तै ०७१ सालमा ९२ जनाको मृत्यु, १० वेपत्ता र ७४ जना घाइते भएका छन् । ०७२ मा १४० को मृत्यु, २४ वेपत्ता र ४४६ जना घाइते भएका छन् ।
०७३ सालमा १०५ जनाको मृत्यु, १३ वेपत्ता र १२८ जना घाइते भएका छन् ।
०७५ वैशाखदेखि साउन १० गतेसम्म प्राकृतिक विपदमा परी २० महिलासहित ८० जनाको मृत्यु भएको छ । ३२ महिलासहित ७४ जना घाइते भएका छन् ।
गृह मन्त्रालयमा विपत् व्यवस्थापन महाशाखाका सहसचिव केदार न्यौपानेले भूकम्प, महामारी, आगलागी, बाढीपहिरो, भारी वर्षा, चट्याङ्ग, हावाहुरी, शितलहर, हिमपहिरो लगायतका विपदका घटनामा परी मृत्यु हुनेहरुको दर बढ्दै गएको बताए ।
सबैभन्दा धेरै चट्याङ्बाट २३५ को मृत्यु
गृहमन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार चट्याङ्बाट मृत्यु हुनेहरुको संख्या सबैभन्दा धेरै रहेको छ । वि.स. ०६८ देखि ०७४ को अवधिमा चट्याङबाट २३५ जनाको मृत्यु भएको छ ।
यो अन्य विपद भन्दा एक चौथाईले बढी हो । चट्याङबाट ४१२ जना घाइते भएका छन् । ०६९ सालमा चट्याङबाट ४९ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन् ।
०७४ सालमा ४१ जनाको मृत्यु भएको छ भने ९६ जना घाइते भएका छन् । ०६८ सालमा ३० जनाको मृत्यु र ७३ जना घाइते भएका छन् ।
०७० सालमा २७ जनाको मृत्यु २८ जना घाइते भएका छन् । ०७१ सालमा ३६ जनाको मृत्यु र ५९ जना घाइते भएका छन् ।
०७२ सालमा १८ जनाको मृत्यु २० जना घाइते भएका छन् । ०७३ सालमा ३६ जनाको मृत्यु ७३ जना घाइते भएका छन् ।
प्रतिक्रिया 4