Comments Add Comment

रेखाको बोलीः ‘कहिले जोकर भन्दै आलोचना, कहिले ‘दिदी’ भन्दै प्रशंसा’


आफूलाई ‘महानायिका’ किन भनिएन भन्दै उपाधि आफै खोजेकी नायिका रेखा थापाको बोली पनि अचम्मको छ । उनी कोसँग कतिबेला सम्बन्ध विगार्छिन् र कोसँग कतिबेला सम्बन्ध सुधार गर्छिन् पत्तो नै हुँदैन । रेखाको मुड जान्न चलचित्रकर्मीलाई नै गाह्रो छ ।

चलचित्र ‘छक्का पन्जा’ हेर्दा आफूलाई गाह्रो भएको भन्दै नायिका ऋचा शर्माले आलोचना गरेपछि यसकी निर्देशक दीपाश्री निरौलाले ‘गेट वेल सुन’ भन्दै स्टाटस लेखेकी थिइन् । सो समयमा नायिका रेखा थापाले दीपा र उनको टिमलाई ‘जोकरहरु’ भन्दै आलोचना गरेकी थिइन् । देश परिवर्तन गर्न सक्छन् कि भनेका मानिसहरुबाट अपेक्षा गर्नु नै मुर्खता हो भन्दै उनले ‘जोकर’ शब्द प्रयोग गरिन् । रेखाको यो कमेन्टमा निर्देशक निरौलाले धन्यवाद मात्र दिएकी थिइन् ।

तर, अहिले फेरि रेखा थापा र दीपाश्री निरौलाको सम्बन्ध नजिकको छ । रेखाले दीपाश्रीको निर्देशनमा बनेको चलचित्र ‘छक्का पन्जा ३’को ‘पहिलो नम्बरमा’ बोलको गीतको प्रशंसा गरेकी छिन् । फेसबुकमा गीतको लिंक शेयर गर्दै रेखाले दीपालाई ‘दिदी’ र यसका निर्माता तथा कलाकार दिपकराज गिरीलाई ‘भिनाजु’ भनेर सम्बोधन गरेकी छिन् । उनले, दीपाले बबाल डान्स गरेको भन्दै फुर्काएकी पनि छिन् ।

रेखा थापा कहिले तीनै कलाकारलाई ‘जोकर’ भन्छिन् त कहिले तिनै कलाकारलाई बबाल भन्दै प्रशंसा गर्छिन् । रेखाको बोली पनि साउनको मौसम जस्तै छ । कतिबेला पानी पर्छ, कतिबेला रोकिन्छ थाहा नै नहुने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment